साम्राज्यबादी किन पृथ्वीनारायणको पिछा गर्छन् ?

पृथ्वीनारायण शाहलाई निषेध गरेर नेपालको इतिहासलाई छिन्नभिन्न पार्ने ‘ईण्डो–पश्चिमा’ साम्राज्यवादी रणनीति बिल्कुलै नयाँ विषय होईन । पश्चिमा एनजिओ र आईएनजिओले पालेका एजेन्टहरू तथा ईण्डियन सत्ताका लागि गुप्तचरी गर्नेहरू मार्फत् निकै लामो समयदेखि यस्तो प्रयास हुँदै आएको थियो । नेपालको भू–राजनीतिक संवेदनशीलतामाथि नियन्त्रण जमाएर वा यसको ऐतिहासिक सार्वभौमिकतालाई समाप्त पारेर आफ्नो रणनीतिक योजना अघि बढाउनका लागि पृथ्वीनारायण शाहलाई निषेध गर्न जरुरी थियो ।

साम्राज्यवादीहरूले पृथ्वीनारायणको पिछा किन गरिरहेका छन् भन्ने प्रश्न निकै महत्वपूर्ण छ । पहिलो कुरा त उनी वर्तमान नेपालको स्वरुप खडा गर्ने अभियानका नायक हुन् र नेपालको सार्वभौमिकताको प्रश्न उनको कर्मसँग अभिन्न रुपमा जोडिएको छ । पृथ्वीनारायण शाहलाई अस्वीकार गर्नासाथ नेपालको वर्तमान स्वरुपको वैधानिकता बाँकी रहन्न । यहि वैधानिकतालाई समाप्त पारेर नेपालको एकिकृत अस्तित्वमाथि प्रश्न खडा गर्ने उद्देश्य नै साम्राज्यवादी र तिनका दलालहरूको वर्वराहटभित्रको मूलभूत सारतत्व हो ।

पृथ्वीनारायण शाहलाई निषेध गर्न सकियो भने नेपालको ईतिहास निषेध हुन्छ । नेपालको ईतिहास निषेध भयो भने यसलाई बहु–राष्ट्रिय राज्यका रुपमा बदल्न सकिन्छ र नेपाललाई बहु–राष्ट्रिय राज्य भन्नासाथ यसको विभाजनको सैद्धान्तिक आधार तयार हुन्छ । बहु–राष्ट्रिय राज्य भन्नासाथ यहाँ एकभन्दा धेरै राष्ट्रहरू छन् भन्ने अर्थ लाग्दछ । धेरै राष्ट्रहरूको समूहमा कुनै राष्ट्र अलग हुन सक्दछ । यस्तो अवस्था सिर्जना गर्न पृथ्वीनारायण शाहसँग गाँसिएको नेपालको अटुट इतिहासलाई अङ्गभङ्ग पार्न खोजिएको हो ।

पृथ्वीनारायणको निषेधको दोश्रो सन्दर्भ एङ्गलो–नेपाल युद्धसँग जोडिएको छ । त्यसबेला ओसेनिया र ईण्डिया सहित एशियाको विशाल भूभागलाई उपनिवेश बनाईसकेका ब्रिटीश साम्राज्यवादीहरूले नेपाललाई अधिन बनाएर उत्तरतिर अघि बढ्न खोजिरहेका थिए । उपनिवेश विस्तारसँगै इसाई पन्थलाई जबर्जस्ति लाद्ने अभियान पनि तिनीहरूले चलाएका थिए । यी दुबै मिशनका बाधक बने पृथ्वीनारायण शाह । ब्रिटीशहरूको उपनिवेश विस्तार रोकियो र तिनीहरूले खटाएका इसाई धर्म प्रचारकहरू पनि नेपालबाट निकालिए ।

त्यसैले, नेपाल मात्र नभएर सिंगो एशियामा पृथ्वीनारायण शाह साम्राज्यवादको प्रतिरोध आन्दोलनका प्रतीक बनेर उभिएका छन् । इतिहासको यो विरासतलाई समाप्त नपारिकन साम्राज्यवाद विरोधी भावनालाई निस्तेज बनाउन सकिँदैन । एशियामा जब्बर रहेको पश्चिमा साम्राज्यवाद विरोधी भावनालाई निष्प्रभावि बनाउन र इतिहासमा पृथ्वीनारायणसँग भोगेको पराजयसँग बदला लिनका लागि तिनीहरूले पृथ्वीनारायण शाहलाई निशाना बनाएका छन् । यो यथार्थलाई सबै नेपालीले बुझ्न एकदमै जरुरी छ ।

पृथ्वीनारायण शाह विरुद्धको तेश्रो कारण धर्मान्तरणमा खडा भएको अवरोध हो । जुन समयमा उनले उपनिवेश विस्तारको अङ्गका रुपमा रहेको इसाईकरणमा अवरोध सिर्जना गरे, त्यसले नै यस क्षेत्रको सभ्यता र सनातन संस्कृतिलाई जोगाएको हो । अहिलेको पश्चिमाहरूको मुख्य मिशन नेपाल र यससँग जोडिएको हिमाली भू–भागको इसाईकरण गरेर चीनमाथि आक्रमणको धार्मिक आधार बलियो बनाउनु हो । यो षड्यन्त्र सफल पार्नका लागि पनि पृथ्वीनारायण शाहको निषेध गर्न अत्यावश्यक ठानिएको छ ।

‘ईण्डो–पश्चिमी’ साम्राज्यवादी खेमाले एनजिओ, आईएनजिओ, केहि साम्प्रदायिक तत्वहरू र प्रशासनभित्र घुसाईएका एजेन्टहरू मात्र प्रयोग गरेर यो षड्यन्त्रलाई सफल पार्न सम्भव नभएपछि पुष्पकमल दाहाल र बाबुरामलाई अगाडि राखेर माओवादीलाई प्रयोग गरिएको छ । साम्राज्यवादी डिजाईनलाई राजनीतिक रङ दिएर संगठित गरिएको एउटा नेपाल विरोधी अभियानको नाम थियो– माओवादी युद्ध । साम्राज्यवादी निर्देशनमा युद्धकालमा उठाईएका मूख्य मुद्दाहरू बहु–राष्ट्रिय राज्य, संघीयता र आत्म–निर्णय हुन् ।

बहु–राष्ट्रिय राज्य, संघीयता र आत्म–निर्णय सबै मुद्दाहरू सिधै पृथ्वीनारायण र नेपालको इतिहासलाई समाप्त पार्ने मिशनसँग जोडिएर आएका   छन् । यसका लागि साम्राज्यवादीहरूले नेपाल विरोधी कुतत्वहरूलाई पैसा लगानि गर्ने, युद्धका लागि रसदपानी लगायत तालिम, हतियार, आश्रय सबै उपलब्ध गराएर सत्तामा समेत् पदासिन गराएका छन् । माओवादीकै मुद्दाहरूलाई राजनीतिक रङमा विस्तार गरेर कथित मधेशवादी लगायतका अन्य साम्प्रदायिक तत्वहरूलाई संगठित गर्ने प्रकृया सुरु भएको थियो ।

पुष्पकमल र बाबुराम जस्ता नेपाल विरोधी तत्वहरूलाई राजनीतिक शक्तिका रुपमा स्थापित गर्न सफल भएपछि संसदवादीहरूलाई सो प्रकृयामा सामेल गरिएको थियो र १२ बुँदे समझदारीका नाममा एउटा गठबन्धन बनाएर नेपाल विरुद्ध संगठित आक्रमण सुरु गरिएको थियो । सबै दलमा घुसाईएका जासुस र अपराधिहरूलाई जोड्ने मियो थियो माओवादी । यूनिभर्सल चर्चको काठमाडौं सम्मेलनसम्म आउँदा प्रकट भएको माधव नेपालको कुरुप अनुहार, कृष्ण सिटौला, आरजु आदि यस्तै नमूनाहरू हुन् ।

प्रकाश खबर http://prakashkhabar.com मा प्रकाशित भरत दाहालको विश्लेषण- यी सबै नेपाल विरोधी मिशनमा संगठित गरिएका अपराधिहरू   हुन् । यिनीहरूले चाहेको बाटोमा नेपाली नागरीकहरू मतियार बन्ने आधार थिएन । बरु यस्ता कुतत्वहरूको षड्यन्त्रले नेपालको इतिहास र पृथ्वीनारायण शाहको भव्यतालाई अझ खारेको छ । कुर्सी र पैसाको घृणित लालचका लागि राजनीतिक सहमतिका नाममा विदेशी डिजाईनको मतियार बनेर पृथ्वी जयन्तीमा विदा कटौति गर्ने देशद्रोहिहरू जो कोहि भए पनि छोड्नु हुँदैन । पृथ्वीनारायण मर्नु भनेको नेपालको इतिहास र सार्वभौमिकता मर्नु हो ।  

के देउवा र पौडेल विप्लवसँग मिल्न चाहन्छन् ?

बन्दुक सुम्सुम्याउने राजनीति र काङ्ग्रेसको अर्को राजनीतिक पराजय ?   १. हिजो स्वयम् काङ्ग्रेस र एमालेको राजनीतिक नेतृत्वले आफैँ निर्णायक राजनीतिक

 नेकपाको एकताः धार्नी न बिसौली

 काठमाडौं । दुई वर्षभित्रै एकता महाधिवेशन गर्ने घोषणा गरेर एक भएका तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताले एक वर्ष टेक्न आँटिसक्दा पनि

   \"कूल देवता आकाश भैरवले बचाएका छन् निगमका जहाज\"

काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमलाई एअरबस ३२० का इन्जिन मर्मत र एअरबस ३३० का पार्टपूर्जा आपूर्तिका सम्बन्धमा दिएको निर्देशन

आफ्नै निर्णयको घेराबन्दीमा पर्दै सरकार  

काठमाडौं । सरकारमाथि आफ्नै दलभित्रबाट पार्टी पद्धति उल्लंघन गर्दै स्वेच्छाचारी ढंगले शासन चलाएको आरोप लाग्न थालेको छ । आरोप नयाँ हैन तर पछिल्लो समय