प्रधानसेनापति पहिलो विदेश भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं, २७ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलो विदेश भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

उनी ६ दिने भ्रमणका लागि शुक्रबार बिहान भारत प्रस्थान गरेका हुन् । प्रधानसेनापति भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा भारत प्रस्थान गरेका हुन् ।

भ्रमण टोलीमा प्रधानसेनापति थापाकी पत्नी दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झंकरबहादुर कडायतसहित सात सदस्य रहेका छ ।

प्रधानसेनापति थापाले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न ग्रहण गर्ने छन् । दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप मानार्थ महारथी दिने प्रचलन छ ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

आज र भोलि देशभर पानी पर्ने सम्भावना

काठमाडौं, ८ साउन । बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून

पुष्पलाल कम्युनिष्ट आन्दोलनका मार्गदर्शक

दमौली, ७ साउन ।  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल कम्युनिष्ट

वडा कार्यालय जोखिममा

रुकुमपूर्व, ७ साउन ।  सिस्ने गाउँपालिका–७ को वडा कार्यालय पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट आएको पहिरोले सिस्नेरीमा रहेको वडा कार्यालयको एक

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

पोखरा, ७ साउन । गृहकार्य नगरेको आरोपमा  विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा