बीपीएलमा सन्दीपको तेश्रो खेल भोली, बलियो टोली ढाकासँग प्रतिस्पर्धा

काठमाडौं, २७ पुस । बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत सन्दीप लामिछानेको टोली सिल्हेट सिक्सर्सको तेश्रो खेल ढाका डाइनामाइट्स विरुद्ध नेपाली समयअनुसार भोली दिउँसो ५ः०५ मा सुरु हुने तालिका रहेको छ ।

पहिलो खेलमा पराजित भएपनि दोश्रो खेलमा ५ रनको जितसहित २ अंक निकाल्दै अंक तालिकाको चौथो स्थानमा रहेको सिल्हेटले तेश्रो खेलमा बलियो प्रतिद्वन्दीको सामना गर्नुपर्ने भएको छ ।

सकिब अल हसनको कप्तानीमा रहेको ढाकाले यसअघि खेलेको दुबै खेल जितेको छ । स्टार खेलाडी सुनिल नारिन, इयान बेल, काइरोन पोलार्ड, आन्द्रे रसेल र अफगानिस्तानका उदयीमान खेलाडी हज्रतुल्लाह जजाईले सुसज्जित ढाकामा सकिबका अलावा रुबेल होसेन, शुभागाता होम र शहादत होसेन जस्ता राम्रा घरेलु खेलाडी पनि रहेका छन् ।

बलियो ढाका विरुद्ध डेभिड वार्नरको कप्तानीमा रहेको सिल्हेटको उत्कृष्ट प्रदर्शनको आवश्यकता रहेको छ । सिल्हेटमा रहेका विदेशी खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेपनि बंगलादेशी खेलाडीहरुले अपेक्षाकृत प्रदर्शन नगर्दा टोलीले बलियो प्रदर्शन गर्न चुकिरहेको छ ।

कप्तान वार्नर, ब्याटसम्यान निकोलस पुरन र स्पीनर सन्दीप लामिछानेले अहिले सम्म उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यस्तै पाकिस्तानी बलर मोहम्मद इरफानले पनि सुरुवाती ओभरमा राम्रै गरेपनि अन्तिम ओभरहरुमा धेरै रन खर्चिनाले पहिलो खेलमा जितको नजिक पुगेपनि पराजित हुनु परेको थियो भने दोश्रो खेल पनि सहजै जित्नुपर्नेमा हारको नजिक पुगेको थियो ।

युवा खेलाडी आफिफ हुसेनले भने अघिल्लो खेलमा राम्रो प्रदर्शन गरेका थिए । अघिल्लो खेलमा सन्दीपले किफायती बलिङ गरेपनि विकेट भने लिन सकेका थिएनन् । फिल्डीङको क्रममा भने एकजना खेलाडीलाई सिधा थ्रो मार्फत् आउट पारेका थिए ।

यस खेलमा सन्दीपको बलिङको कडा परिक्षा हुने पक्का छ । ढाकाका स्टार खेलाडी विरुद्धको सन्दीपको प्रदर्शन कस्तो हुने हेर्न धेरै कुर्नुपर्ने छैन ।
 

 

 युएई भ्रमणका लागि सन्दीप नेपाल आए

काठमाडौं । बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सोमबार नेपाल आएका छन् । अष्ट्रेलियामा जारी बिग

दक्षिण एशियाली खेलकूद निर्धारित मितिमा नहुने पक्का

काठमाडौँ, ७ माघ । नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ

धोनी अझै अब्बल, ३७ वर्षमा ५० रन भन्दा बढिको औसत हुने एक्लो क्रिकेटर

एजेन्सी । भारतीय क्रिकेट टोलीका खेलाडी महेन्द्र सिंह धोनीले अष्ट्रेलिया विरुद्धको पछिल्लो एकदिवसिय अन्तर्राष्ट्रिय सिरिजको ३ खेलमा १९३ रन बनाए

मेस्सीको अर्को किर्तिमान, पेलेको किर्तिमान तोड्ने तरखर

एजेन्सी । धेरै किर्तिमानहरु आफ्नो नाममा लेखाइसकेका बार्सिलोनाका महान खेलाडी लियोनल मेस्सीले नयाँ किर्तिमानमा पनि कब्जा जमाएका छन् । बार्सिलोनाका