अनसनरत डा.केसीलाई चिसोले सकस

इलाम, २७ पुस । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनसनरत डा.गोविन्द केसीलाई चिसो सकस भएको छ ।

डा.केसी इलामको फूलगाछीमा अनसन बसिरहेका छन् । आज उनको अनसनको तेस्रो दिन हो । चिसोले अनसनमा सकस भइरहेको अनसनस्थलमै खटिएका धर्म गौतमले बताए ।

चिसोले स्वास्थ्यमा पर्न सक्ने असरका कारण शुक्रबार बिहानै स्वास्थ्यकर्मीको टोली डा.केसीको स्वास्थ्य परिक्षण गरेको छ । डा.केसीको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

यस अघि सरकारले डा.केसीसँग गरेको सहमति विपरित चिकित्सा शिक्षा विधेयक ल्याउन लागेपछि उनी २५ पुसदेखि अनसनमा बसेका हुन् । १५औं अनसन जुम्लामा बसेका डा.केसीले १६औं अनसनका लागि क्ष्लामको फूलगाछी रोजेका हुन् ।

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा.केसी पहिलो पटक २१ असार, ०६९ मा अनसन बसेका थिए । सरकारले माग पुरा गर्ने आश्वासन दिएपछि पहिलो अनसन चार दिनमा अन्त्य गरेका थिए ।

तर, सरकारले सहमति विपरित काम गरेपछि उनले दोस्रो अनसन २७ साउन, ०६९ मै थालेका थिए । त्यो अनसन सात दिनमा टुङ्गिएको थियो ।

तेस्रो अनसन २९ पुस, ०७० मा १३ दिने बसे भने, चौथो अनसन २५ माघमा, ०७० मा आठ दिन बसेका थिए । पाँचौ अनसन ८ फागुन, ०७१ मा १२ दिन, छैटौ अनसन ७ भदौ ०७२ मा १३ दिन, सातौ अनसन २ असोज, ०७२ मा ११ दिन, आठौं अनसन २६ साउन, ०७३ मा १४ दिन बसेका थिए ।

सहमति गर्दै अनसन अन्त्य गर्दै आएका डा.केसीलाई सरकारले भने धोका दिदै आएको छ । नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङको पहलमा १५औं अनसन तोडेका डा.केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक तयार भएपछि १६औं अनसन बसेका हुन् ।

उनको अनसनको तेस्रो दिनसम्म पनि सरकारले भने वास्ता गरेको छैन् ।

तस्बिर सौजन्यः  वरिष्ठ पत्रकार धर्म गौतम

अनियमितताको आरोप लागेका वृद्ध पूर्वकर्मचारीद्वारा आत्महत्या

काठमाडौं, ३ साउन । अनियमितताको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको

मनसुनको सक्रियता सामान्य हुँदै

काठमाडौँ, ३ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको

बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर, ३ साउन । एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१०

छतबाट खसेर मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ ।  तीनतले घरको छतमा चिप्लिएर लडेपछि