महिला क्रिकेटर आज थाइल्याण्ड जाँदै, विनोद दास प्रशिक्षक

काठमाडौं, २७ पुस । नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा आयोजना हुने महिला टी–२० स्म्याश २०१९ प्रतियोगितामा सहभागी हुन आज त्यसतर्फ लाग्दैछन् ।

थाइ एयरवेजको दिउँसो १ः५० को फ्लाइटबाट १४ सदस्यीय टोलीको साथै प्रशिक्षक विनोद दास, फिजियो सकुना दानी र व्यवस्थापक अमृता पौडेल जान लागेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए ।

नेपाली महिला क्रिकेट टोलीले यसअघि गत नोभेम्बर महिनामा भएको महिला टी–२० विश्वकपको एसियाली क्षेत्रको छनौट प्रतियोगिता खेलेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) हाल निलम्बनको अवस्थामा भएकोले पनि आईसीसीको नेतृत्वमा यसअघि १४ सदस्यीय टोली छनौट गरिएको थियो । टोलीको कप्तानमा रुबीना क्षेत्री बेल्बासेले निरन्तरता पाएकी छिन् भने सीता राना मगरलाई पहिलो पटक उप–कप्तानको जिम्मेबारी दिइएको छ ।

अन्य सदस्यमा अफ स्पीनर करुणा भण्डारी, ब्याटर सरीता मगर, अलराउन्डर नेरी थापा, ब्याटर इन्दु बर्मा, मध्यम गतिकी बलर सोनु खड्का, अलराउन्डर आरती बिडारी, बलर काजल श्रेष्ठ, रोमा थापा, कबीता कुँवर, डोली भट्ट, बलर ममता कुमारी चौधरी र बिन्दु रावल रहेकी छिन् ।

भोली देखि सुरु हुने उक्त प्रतियोगिता एक हप्तासम्म चल्नेछ । पहिलो खेलमा नेपालले भोली अर्थात् शनिबार चीनको सामना गर्नेछ ।

त्यस्तै दोश्रो खेल जनवरी १३ आइतबार मलेसियासँग, तेश्रो खेल जनवरी १४ मा युएईसँग खेल्ने तालिका रहेको छ । ९ टोली सम्मीलित यस प्रतियोगिताको लिग चरणको अन्तिम खेल जनवरी १६ मा थाइल्याण्डसँग खेल्नेछ ।

लिग चरणको समाप्तीपछि अंक तालिकामा रहेको स्थानको आधारमा प्लेअफका खेलहरु जनवरी १८ मा हुनेछ भने जनवरी १९ मा फाइनलको खेल हुने तालिका रहेको जानकारी पनि शिवाकोटीले दिएका छन् ।

 

 

 युएई भ्रमणका लागि सन्दीप नेपाल आए

काठमाडौं । बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सोमबार नेपाल आएका छन् । अष्ट्रेलियामा जारी बिग

दक्षिण एशियाली खेलकूद निर्धारित मितिमा नहुने पक्का

काठमाडौँ, ७ माघ । नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ

धोनी अझै अब्बल, ३७ वर्षमा ५० रन भन्दा बढिको औसत हुने एक्लो क्रिकेटर

एजेन्सी । भारतीय क्रिकेट टोलीका खेलाडी महेन्द्र सिंह धोनीले अष्ट्रेलिया विरुद्धको पछिल्लो एकदिवसिय अन्तर्राष्ट्रिय सिरिजको ३ खेलमा १९३ रन बनाए

मेस्सीको अर्को किर्तिमान, पेलेको किर्तिमान तोड्ने तरखर

एजेन्सी । धेरै किर्तिमानहरु आफ्नो नाममा लेखाइसकेका बार्सिलोनाका महान खेलाडी लियोनल मेस्सीले नयाँ किर्तिमानमा पनि कब्जा जमाएका छन् । बार्सिलोनाका