बार्सिलोना पराजित भएसँगै कोपा डेल रे रोमाञ्चक

काठमाडौं । स्पेनिस फुटबलको चर्चित कोपा डेल रे को प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा लेभान्टेले बार्सिलोनालाई हराएपछि प्रतियोगिता रोमाञ्चक भएको छ ।

बिहीबार राती भएको खेलमा घरेलु टोली लेभान्टेले प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनालाई २–१ गोल अन्तरले हराएको हो । पहिलो हाफमै लेभान्टेका एरिक काबाको र बोर्या मायोरेलले गरेको गोलले नै लेभान्टेलाई जित दिलायो ।

खेलको चौथो मिनेटमै काबाकोले रुवेन रोचिनाको पासमा गोल गरेपछि बार्सा दबावमा आएको थियो ।

बार्साको शैलीसँग अभ्यस्त लेभान्टेका स्टार फुटबलर बोर्याले खेलको १८ औं मिनेटमा गोल गरेपछि लेभान्टेले खेलमा पकड जमाएको थियो । बोर्या यसअघि रियल मेड्रिडबाट खेल्ने गरेका थिए । पहिलो हाफमा लेभान्टेले २–० को अग्रता कायम गरिरह्यो ।

दोश्रो हाफमा रक्षात्मक खेल खेलेको लेभान्टेको पोष्टमा बार्सिलोनाको खेलाडीहरुले गोल गर्ने प्रयास निरर्थक भइरहेको थियो । ८५ औं मिनेटमा फिलिप कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अवे गोल गर्न मद्दत गरेपनि थप गोल नभएपछि लेभान्टे पहिलो लेगमा विजयी भयो ।

दोश्रो लेगको खेल आगामी जनवरी १८ मा बार्सिलोनाको घरेलु मैदानमा हुँदैछ । उक्त खेलपछि समग्र स्कोरको आधारमा विजयी टोलीको निक्र्यौल हुनेछ । एजेन्सी

 

 युएई भ्रमणका लागि सन्दीप नेपाल आए

काठमाडौं । बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सोमबार नेपाल आएका छन् । अष्ट्रेलियामा जारी बिग

दक्षिण एशियाली खेलकूद निर्धारित मितिमा नहुने पक्का

काठमाडौँ, ७ माघ । नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ

धोनी अझै अब्बल, ३७ वर्षमा ५० रन भन्दा बढिको औसत हुने एक्लो क्रिकेटर

एजेन्सी । भारतीय क्रिकेट टोलीका खेलाडी महेन्द्र सिंह धोनीले अष्ट्रेलिया विरुद्धको पछिल्लो एकदिवसिय अन्तर्राष्ट्रिय सिरिजको ३ खेलमा १९३ रन बनाए

मेस्सीको अर्को किर्तिमान, पेलेको किर्तिमान तोड्ने तरखर

एजेन्सी । धेरै किर्तिमानहरु आफ्नो नाममा लेखाइसकेका बार्सिलोनाका महान खेलाडी लियोनल मेस्सीले नयाँ किर्तिमानमा पनि कब्जा जमाएका छन् । बार्सिलोनाका