विश्वकै सर्वाधिक धनी अमेजन कम्पनीका संस्थापकद्वारा सम्वन्ध विच्छेद

वासिङ्टन डिसि । हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्वन्ध विच्छेद भएको छ । 
संस्थापक जेफ बेजोस र उहाँकी श्रीमती मक्केन्जीले २५ बर्ष लामो बैबाहिक जीवनलाई अन्त्य गरेको घोषणा गरेका हुन् । 

अमेजनको सिइओको ट्वीटर एकाउन्टबाट दुवै जनाले बुधबार संयुक्त वक्तव्य सार्वजनिक गर्दै बैवाहिक जीवन राजीखुशीले अत्य गरेको उल्लेख गरेका छन् । 
उनीहरुले आफुहरु श्रीमान् श्रीमतीका रूपमा नरहेपनि नजिकको साथीका रुपमा भने रहिरहने जानकारी पनि दिएका छन् । 
“लामो समयसम्मको प्रेमपूर्ण जीवनबाट हामी अव छुट्एिका छौँ, हामीले सम्वन्ध विच्छेद गरेपनि साथीको रूपमा हामी रहिरहने छौँ,” वक्तव्यमा भनिएको छ । 

एक अर्काप्रति कृतज्ञाता प्रकट गर्दै उनीहरुले लेखेका छन्, “हामीले सँगै विताएको समय अत्यन्त सौभाग्यपूर्ण थियो, एक अर्कालाई पाएकोमा हामी भाग्यमानी हौँ, हामी एक अर्काप्रति कृतज्ञता ज्ञापन गर्दछौँ ।” 

उनीहरुले “अहिले सम्वन्ध विच्छेद हुने कुरा विवाह अगाडी नै थाहा पाएको भएपनि हामीले विवाह गर्ने थियौँ” भनेका छन् । 

यो जोडीका चार सन्तान रहेका छन् । 

करिब पच्चिस बर्ष पहिले स्थापना भएको अमेजन कम्पनी विश्वकै सवैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ । 

अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ती एक खर्ब ३५ अर्ब पुगेको र अहिलेको अवस्थामा अब विश्वका सबैभन्दा धनी व्यक्ति बेजोस बनेका अमेरिकी सफ्टवेयर कम्पनी ब्लुमवर्ग अर्बपति सूचकाङ्कले सोमबार मात्रै देखाएको थियो । उनले माइक्रोसफ्टका विल गेट्सलाई सन् २०१७ मा पछि पार्न सफल भएका थिए । 

राससका अनुसार, अमेजनले पहिलो पटक सोमबार सबैभन्दा उच्चस्थान ओगट्न सफल भएको थियो । 

भारतमा भएको डुङ्गा दुर्घटनामा १६ को मृत्यु

नयाँ दिल्ली । भारतको कर्नाटकमा सोमबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परेको डुङ्गामा २४ जना यात्रु रहेकोमा

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या बढ्दै, हालसम्म ८५ पुगेको जानकारी

मेक्सिको सिटी, ७ माघ । मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ८५ पुगेको छ । घाइते भएर

फ्रान्सको रोचक प्रस्ताव जापानलाई, रेनल्ट र निशानलाई एउटै बनाउने

पेरिस, फ्रान्स, ७ माघ । फ्रान्सले जापानी तथा फ्रान्सेली कार कम्पनीहरू, निशान र रेनल्टलाई एउटै कम्पनीमा मिसाउने (मर्जर) प्रस्ताव अघि सारेको जापानी

मालीमा शान्ति सेनामाथी आतंकवादी हमला, १० शान्ति सैनिकको मृत्यु

काठमाडौ,७ माघ । अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामाथि आतंकवादी समुहले आक्मण गर्दा १० जना शान्ति सैनिकको मृत्यु भएको छ । मालीको