ठूला अस्पताल संघीय सरकार मातहत रहने,केसीको अनशनको उपेक्षा

काठमाडौं । देशका ठूला अस्पताल संघीय सरकार मातहत रहने भएका छन् । मन्त्रीपरिषद् बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका ती अस्पताल बिकास समिति मार्फत सञ्चालन हुँदै आएको र अब संघीय सरकार मातहत रहने निर्णय गरेको छ । 

बिहीबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले २३ पुस र १९ पुसमा सरकारले गरेको निर्णय सार्वजनिक गर्दै ती अस्पतालहरु संघीय सरकार मातहत रहने बताए । 

स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न बिकास समितिहरूमध्ये केही बिकास समितिहरू संघ अन्तर्गत रहने गरी निर्णय भएको बाँस्कोटाले बताए । काठमाडौंस्थित कान्ति बाल अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, सिंहदरबार बैद्यखाना, किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र संघीय सरकार मातहत रहनेछन् । 

यसैगरी ललितपुरस्थित मानसिक अस्पताल, काठमाडौंको नरदेवि आयुर्वेद अस्पताल, भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र संघ मातहतमा रहने मन्त्री बाँस्कोटाले बताए । 

मन्त्रीपरिषद बैठकले नेपाल विशेष सेवा (अठारौं संशोधन) नियमावली, २०७५ स्वीकृत गरेको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम स्वीकृत गरिएको उनले बताए । 

नेपालगञ्ज (बाँके) रंगशाला परिसरभित्र रहेको दुई कठ्ठा सात धुर जग्गा प्राप्त गर्न राष्ट्रिय खेलकुद परिषद्लाई स्वीकृति दिने निर्णय बैठकले गरेको छ । यस्तै सात जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा पदोन्नती गरी पदस्थापन गर्ने र १३ जना महासेनानीलाई सरूवा गर्ने निर्णय गरिएको छ ।

दूरसञ्चार (आठौं संशोधन) नियमावली, २०७५ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिइएको छ । विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ । 

भारतको नयाँदिल्लीमा हुने नेपाल–भारत सचिवस्तरीय संयुक्त जलस्रोत समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई सचिव डा.संजय शर्मालाई नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी भाग लिन पठाउने निर्णय गरिएको बाँस्कोटाले बताए । 

नेपाल प्रहरी तथा प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ संघीय संसद्समक्ष पेश गर्न बैठकले स्वीकृति दिइएको छ । गाउँ बिकास समिति राष्ट्रिय महासंघ नेपालको संशोधित विधान, २०७४ स्वीकृत गरिएको छ ।

झापा जिल्ला महारानीझोडा, लखनपुर, सतासीधाम, शिवगञ्ज, धरमपुर, तोपगाछी क्षेत्रको जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश, २०७५ बमोजिम गठित समितिको अध्यक्षमा शिवसतासीधाम–३, धरमपुर, झापाका राधाकृष्ण खनाललाई र समितिको सदस्यमा हाल गौरादह नगरपालिका–५, झापाका मदन प्रसाद अधिकारीलाई तोक्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय बैठकले गरेको छ । 

रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ स्वीकृत गरिएको छ । महेन्द्रनगर नगर बिकास समिति विघटन गर्ने निर्णय गर्दै बैठकले राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीको सेवा अवधि तीन वर्ष पुरा भएकाले २३ पुस देखि लागू हुनेगरी निजलाई राष्ट्रिय अनुसन्धान विभागको सेवाबाट अवकास दिने निर्णय गरिएको छ । साथै रिक्त सो स्थानमा विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेशकुमार अधिकारीलाई सोही दिनदेखि लागू हुनेगरी बढुवा गरिएको छ ।

सञ्चारकर्मीले सोधेको एक प्रश्नको जवाफ दिदै सञ्चारमन्त्री बाँस्कोटाले नेपाल वायु सेवा निगमले खरीद गरेको वाइड बडी विमान प्रकरणबारे प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले निर्णय गरेको र सरकारले पनि छानबिन आयोग बनाएको सन्दर्भमा विषयलाई ढाकछोप गर्ने भन्दा पनि आयोगको प्रतिवेदन आएपछि अन्तिम निर्णय हुने बताए । 

अष्टे«लियाका लागि नेपाली राजदूत लक्की शेर्पाका विषयमा प्रवक्ता बाँस्कोटाले त्यस बारेमा छानबिन समिति बनाएको र अबको एक दुई दिनभित्रै निकास दिनका लागि सरकारले राजदूत शेर्पालाई भनेको बताए । 

यसैगरी विभिन्न माग राखेर इलाम जिल्लामा १६ औँ आमरण अनशन शुरु गरेका प्रा डा. गोविन्द केसीका करीब सबै माग पूरा भइसकेको बताउँदै उनी अनशन बस्नुको कुनै अर्थ नराख्ने बताए । । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको राजीनामा स्वीकृत गरेर पुरुषोत्तम खनाललाई निमित्त अध्यक्षका रुपमा नियुक्तिसमेत दिइसकिएको उनले बताए ।  

सरकारले क्लिनफिडको नीति कुनै पनि मिडिया हाउसलाई कमजोर बनाउने भन्दा पनि व्यवस्थित गर्ने उद्देश्यले ल्याएको हुँदा अनावश्यक टीकाटिप्पणी नगर्न उनले आग्रह गरे । २२ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्मा प्रस्तुत गरेको वक्तव्यमा समावेश भएका तथ्याङ्क गलत नभएको प्रष्ट पार्दै राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदा नदिने मन्त्री बाँस्कोटाले बताए । 
 

 अस्पष्ट \'स्मार्ट’ लाईसेन्सले सेवाग्राही पीडित 

  ललितपुर, ७ माघ । परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुबै नबुझिने रहेछ र उहाँ अनुमतिपत्र

चेपाङ किशोरीमाथि ‘जबरजस्ती’

चितवन, ७ माघ । राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो

वन्यजन्तुको जोगाउन सेनाको ‘अपरेशन महाहण्ट’

भीमदत्तनगर, ७ माघ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक

सेवा समूहलाई ७ दिनभित्र समायोजन गर्न परिपत्र

काठमाडौँ, ७ माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूह भएका कार्यालयलाई सात दिनभित्र समायोजन