बम्जन आश्रमबाट महात्मा गुरु नियन्त्रणमा

सिन्धुली, २६ पुस । बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट आज एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । उनले हेटौँडा घर भएका स्याङ्तानलाई सिन्धुली आश्रमबाट सामान्य सोधपुछ गर्नुपर्ने भएकाले ल्याइएको बताए । प्रहरीले सामान्य सोधपुछका लागि ल्याइएको बताए पनि अन्य जानकारी भने दिएको छैन ।

यसैबीच सिन्धुपाल्चोकबाट प्रहरी नायव उपरीक्षक विमलराज कँडेलको टोली पनि सिन्धुली पुगेको छ । उक्त टोलीले बुधबार बेलुका आश्रममा विगत तीन वर्षदेखि बस्दै आएका रामेछाप भिरपानी घर भएका २० वर्षीया सोनाम मुक्तान, तोप्चेन गुरुलगायतका व्यक्तिसँग सोधपुछ पछि स्थलगत अवलोकन गरेको थियो ।

रामबहादुर बम्जनको सिन्धुलीको पैरै, सर्लाहीको पत्थरकोट र सिन्धुपाल्चोकमा मात्र आश्रम रहेको उनका अनुयायीले बताएका थिए । सत्यको खोजीका लागि यस धर्ममा लागेको र आफूहरूले ज्ञान प्राप्त गरिरहेको उनीहरूको भनाइ थियो । गुरु बन्द प्रशिक्षणमा रहेकाले बम्जनलाई अहिले भेट्न नमिल्ने उनीहरूले प्रहरीलाई जवाफ दिएका थिए ।

हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोक बाँडेगाउँ आश्रममा छापा मारेपछि प्रहरीको टोली आवश्यक थप अनुसन्धान गर्न हाल बम्जन बसिरहेको भनिएको सिन्धुलीस्थित आश्रमतर्फ आएको हो । बम्जन आश्रमबाट हराएका व्यक्तिका आफन्तले उजुरी दिएपछि प्रहरी टोली अनुसन्धानमा केन्द्रित बनेको छ ।

सिन्धुपाल्चोकबाट आएको टोलीले आवश्यक अनुसन्धान गरे पनि कुनै पनि जानकारी दिएको छैन । बम्जन आश्रममा पुग्नुभएका प्रहरी नायव उपरीक्षक कँडेलले आवश्यक अनुसन्धान भइरहेको र यसबारे अहिले नै केही कुरा खुलासा गर्न नमिल्ने बताए । ‘हामी चरणबद्ध अनुसन्धानका लागि सामान्य सोधपुछ गरिरहेका छौँ,’ उनले भने । रासस

 प्रतिपक्षीको माग सुन्न सभामुखको रुलिङ्ग

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारलाई रुलिङ्ग गरेका    छन्

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले राजपा आक्रोशित, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

काठमाडौ,७ माघ । संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार संसदमा दिएको अभिव्यक्तिप्रति संघीय संसदको तेस्रो ठूलो दल

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक माघ १४ र १५ गते

सुर्खेत,७ माघ । कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक यही माघ दोस्रो साता हुने भएको छ । कर्णाली प्रदेश समन्वय परिषद्का संयोजक तथा प्रदेश सरकारका

नेकपा अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना 

काठमाडौ,६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) की पत्नी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनयता