क्रिकेटर हार्दिक पांड्या र केएल राहुल कारवाहीमा

काठमाडौं । टिभी सोमा महिलामाथि आपत्तिजनक टिप्पणी गरेपछि भारतीय राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडी हार्दिक पांड्या र केएल राहुल कारवाहीमा परेका छन् ।

भातरीय क्रिकेट बोर्ड (बीसीसीआई)को प्रशासनिक समितिले दुवै खेलाडीलाई कारवाहीका लागि सिफारिस गरेको छ । समितिका प्रमुख विनोद रायले दुवै खेलाडीमाथि दुई/दुई खेल प्रतिबन्ध लगाउन सिफारिस गरिएको बताए । ‘पांड्या र राहुललाई दुई/दुई एकदीवसीय खेलमा प्रतिबन्ध लगाउँन सिफारिस गरिएको छ,’ रायले भने ।

समितिको सिफारिस बीसीसीआईको कानुनी सेलमा पठाइने छ । उक्त सेलले उनीहरुमाथि प्रतिबन्धको कारवाही गर्ने छ ।

बलिउड निर्देशक करण जोहारको टिभी सो ‘कफी विद करन’मा पांड्या र राहुलले महिलामाथि आपत्तिजनक टिप्पणी गरेका थिए । त्यसपछि सामाजिक संजालमा उनीहरुको विरोध भएको थियो ।

त्यसपछि बुधबार बीसीसीआईले छानविनका लागि समिति गठन गरेको थियो । उनीहरुलाई स्पष्टीकरण दिन २४ घण्टाको समय दिइएको थियो । दुवैले दिएको स्पष्टिकरणमा चित्त नबुझेपछि समितिले कारवाहीको प्रक्रिया अगाडी बढाएको हो ।

यसका लागि हार्दिक पांड्याले माफी पनि मागेका थिए । उनले ट्वीट गर्दै भनेका थिए, ‘सोको प्रकृतिअनुसार भावनामा बहकिएर तलमाथि बोले । कसैलाई पनि अनादर गर्नु मेरो मनसाय थिएन् । यसका लागि माफी चाहन्छु ।’

भारतीय टोली यतिबेला अष्ट्रेलियामा छ । शनिबार भारत र अष्ट्रेलियाको एकदीवसीय सिरिज शुरु हुने छ । पांड्या र राहुल भारतीय टिमका सदस्य हुन । उनीहरु पनि अष्ट्रेलियामै छन् । बीसीसीआईको लिगल सेलले प्रतिबन्ध नरोके उनीहरु दुई म्याच खेल्न पाउने छैनन् ।

 

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका