ब्राहिम डायजको ‘डेब्यू’ खेलमा रियल मेड्रिड विजयी

काठमाडौं । म्यानचेष्टर सिटीबाट हालसालै रियल मेड्रिड आएका १९ वर्षिय ब्राहिम डायजको ‘डेब्यू’ खेल अविस्मरणीय भएको छ ।

कोपा डेल रे अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा रियल मेड्रिडले लेगानेसलाई ३–० गोल अन्तरले पराजित गरेपछि पनि डायजको डेब्यू शानदार बन्यो ।

खेलको ४४ औं मिनेटमा कप्तान सर्जियो रामोसले सयौं गोलको रुपमा पेनाल्टीमार्फत् गोल गरेपछि रियलले खेलमा अग्रता लिएको थियो ।

उक्त अग्रताले हौसियको रियलले खेलमा पकड कायमै राख्दै ६८ औं मिनेटमा अर्को गोल थप्न सफल भयो । लुकास भाज्क्वेजले भिनिसस जुनियरको पासलाई गोलमा परिणत गरेपछि २ गोलले अगाडी रह्यो ।

त्यस्तै ७५ औं मिनेटमा  भिनिसस जुनियरले नै गोल गरेपछि रियलले खेलमा पूर्णत नियन्त्रण कायम गर्दै अन्ततः सहज जित हात पार्न सफल भयो । भिनिससले गोलपछि उनको स्थानमा डायज आएका थिए ।

रियल मेड्रिडबाट खेल्ने आफ्नो सपना साकार भएको भन्दै उक्त ‘डेब्यू’ लाई डायजले अविस्मरणीय भनेका छन् । खेलपछि उनले भने, ‘ब्रर्नाबुमा डेब्यू गर्न पाउनु अद्भुद रह्यो । मेरो बाल्यकाल देखिको सपना पनि पुरा भयो । अझ यस जितले मेरो सपना झनै विशेष रह्यो । मेरो डेब्यू शर्टलाई मेरो कोठामा झुण्ड्याएर राख्छु । ’

यी दुई टोलीबिचको दोश्रो लेगको खेलभने आगामी जनवरी १७ मा हुने तालिका रहेको छ । एजेन्सी

 

कठिन अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं, १२ चैत । भारतमा अभ्यासरत नेपाली यू–१९ क्रिकेट टोलीले कठिन जित हात पारेको छ । आज भएको खेलमा भारतको आन्ध्र प्रान्तको यू–१९ क्रिकेट टोलीलाई

घाइते रोनाल्डो भन्छन्,  ‘छिट्टै खेलमा फर्किन्छु ’

एजेन्सी । युभेन्टस र पोर्चुगल राष्ट्रिय टोलीका स्टार क्रिस्टियानो रोनाल्डो खेलको क्रममा घाइते भएका छन् । सोमबार राती भएको पोर्चुगल र सर्बियाबिचको

आज नेपाल भर्सेस अफगानिस्तान 

काठमाडौँ, १२ चैत । एएफसी यु–२३ च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल र अफगानिस्तान भिड्दैछन् । प्रतियोगिताबाट बाहिरिइ सकेको दुबै

अश्विनले विवादास्पद रुपमा बटलरलाई आउट पारेपछि..

एजेन्सी । सोमबार राती इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको किंग्स ११ पंजाब र राजस्थाल रोयल्स बिचको खेलमा जोश बटलर आउट भएको विषय विवादित बनेको छ