आज परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै

काठमाडौं, २६ पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत जादैछन् ।

नयाँ दिल्लीमा आयोजना हुने रायसिना संवादको चौथो संस्करणमा सहभागी हुन मन्त्री ज्ञवाली भारत जान लागेका हुन् । भारतीय विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले बिहीबार नै कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

ज्ञवालीले भ्रमणका क्रममा भारतीय सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा जनाएको छ ।

गत वर्ष भएको रायसिना संवादमा परराष्ट्र सचिव शंकरदास बैरागी नेपालको प्रतिनिधित्व गरेका थिए ।

 

सहमति विपरित जाने कसैलाई छुट छैन्- प्रचण्ड

पोखरा, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि यसअघि भएका सहमति र

रुकुमको बजेट पनि झापा लैजान प्रधानमन्त्रीलाई सुझाव

 काठमाडौं । सत्तारुढ दलका एकजना सांसदले रुकुम जिल्लाको बजेट पनि  झापा लैजान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । दुर्गम जिल्ला

संसदमा जंगिए देउवा

काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा संसदमा जंगिएका छन् । मंगलबार संसदमा आफूलाई बोल्न नदिएको विषयमा

संसदको ‘टसल’ सामाजिक सञ्जालमा

काठमाडौं, ४ असार । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले मंगलबार बोल्न लाग्दा कांग्रेस सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । बैठकबाट