एक थुनुवाको उपचारको क्रममा मृत्यु

लमही,२६ पुस । जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएकोे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बुधबार अपराह्न ४ बजेतिर बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको हो । 

हातखुट्टा सुन्निने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएका महराको पौने ७ बजेतिर मृत्यु भएको प्रहरी उपरीक्षक पाण्डेले बताए । उनको शव परीक्षणका लागि सोही प्रतिष्ठानमा राखिएको छ ।(रासस)

बुद्ध मूर्ति चोरेर तीन वर्षदेखि फरार व्यक्ति काठमाडौमा पक्राउ

डोल्पा,७ माघ । डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो

टोखामा कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौ,७ माघ । काठमाडौको टोखामा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा चापाकोट नगरपालिका १० का सफल माझी रहेको

दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

कैलाली,६ माघ । कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय

ट्रक र मोटरसाइकल जुझ्दा एक जनाको मृत्यु

चितवन,५ माघ । नारायणग–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ पानीट्याङ्की नजिक गएराती ट्रक र मोटरसाइकल जुझ्दा मोटरसाइकल चालक खैरहनी