नेकपाको पोलिट्ब्युरो गठनमा विवादः पूर्वमाओवादीले माग्यो ५० प्रतिशत

काठमाडौ,२६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पोलिट्ब्युरो गठनमा विवाद भएको छ । पोलिट्ब्युरोमा पूर्वमाओवादी केन्द्रले ५० प्रतिशत हिस्सा मागेपछि विवाद उत्पन्न भएको पार्टी एकताका बाँकी काम टुङ्गाृे लगाउन बनेको कार्यदलका एकजना सदस्यको दावी छ ।

कार्यदलको बैठकमा पूर्वमाओवादीले सम्मानजनक एकताको लागि भन्दै पोलिट्ब्युरोमा ५०–५० प्रतिशत हिस्सा हुनुपर्ने अडान राखेको छ ।  तर पूर्वएमालेले केन्द्रिय समिति,स्थायी समिति जस्तै ६०–४० का आधारमा पोलिट्ब्युरो गठन हुनुपर्ने अडान राखेको छ ।  

४४१ सदस्यीय केन्द्रीय समितिको एकतिहाई पोलिटब्युरोमा रहनेछन् । कार्यदलमा विष्णु पौडेल, रामबहादुर थापा, लेखराज भट्ट, वेदुराम भुसाल, योगेश भट्टराई, रघुवीर महासेठ, वर्षमान पुन, सुरेन्द्र पाण्डे र शंकर पोखरेल छन् । 

यसैबीच, तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट नेकपा बनेको साँढे सात महिना बित्दा पनि विधान टुंगिन सकेको छैन । राजनीतिक प्रतिवेदन, पार्टीको कार्यदिशा, विधानलगायत महत्वपूर्ण  विषय एकीकरणकै क्रममा टुंगिसके पनि बल्ल अहिले विधान परिमार्जनको विषयले प्रवेश पाएको छ ।

संगठनात्मक एकीकरणको बाँकी काम टुंगो लगाउन स्थायी समितिको पछिल्लो बैठकबाट गठित कार्यदलमा विधान परिमार्जन र प्रदेश कमिटीको नामावली हेरफेर गर्ने किन नगर्ने विषयबाट छलफल अघि बढेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्दका दुई कार्यकर्ता पक्राउ

        तनहुँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द समूहका दुई स्थानीय नेतालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ ।   

 देउवाले नभेटेका रअ प्रमुखले प्रधानमन्त्रीलाई कस्तो सन्देश पठाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाईसिस वीङ्स (रअ) का प्रमुखसँग नभेटेको बुझिएको छ । अचानक

शान्तिसुरक्षाको अधिकार प्रदेशलाई हुनुपर्छ : सभापति शाह

रुपन्देही, ७ साउन । संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले शान्तिसुरक्षाको अधिकार प्रदेशकै मातहतमा हुनुपर्ने बताएका छन्

गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रियाको बाँकी काम टुंग्याउन आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । गृहकार्य