बहुमतबाट प्रतिवेदन पारित, डा.केसीको इलाममा अनसन बस्ने तयारी

काठमाडौं, २५ पुस । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतका आधारमा चिकित्सा शिक्षा विधेयकसम्बन्धी विधेयक प्रतिवेदन पारित गरेको छ । सहमति विपरित विधेयक प्रतिवेदन पारित भएपछि डा.गोविन्द केसीले इलामा पुगेर अनसन बस्ने तयारी गरेका छन् ।

बुधबार शिक्षा तथा स्वास्थ्य समितिमा विवादित विषयमा उपसमितिले बुझाएका प्रतिवेदनमा छलफल भएको थियो । सहमति नजुटेपछि उपसमितिको प्रतिवेदन जस्ताको त्यस्तै बहुमतको आधारमा पारित गरेको हो ।

समितिको बैठकमा कांग्रेस सांसदले फरक मत राखेका थिए । डा.केसीसँग सरकारले गरेको सहमति विपरित बुँदाहरु भएकाले फरक मत राखिएको उनीहरुको भनाइ छ ।

विधेयक प्रतिवेदनको पक्षमा १४ सांसदले मत दिएका छन । नेकपाका १४ जना सांसदले पक्षमा मत दिएका हुन । कांग्रेसका चार सांसदले भने फरक मत राखे ।

२३ सदस्यीय समितिका १८ जनामात्रै उपस्थित थिए । बहुमतका आधार प्रतिवेदन पारित गरिएको समिति सभापति जयपुरी घर्तीमगरले बताइन् ।

विधेयक प्रतिवेदन पारितभएसँगै डा.केसीले अनसन बस्ने भएका छन् । उनी अनसनका लागि इलाम पुगिसकेका छन् । संसदीय समितिले आफूलाई धोका दिएको डा.केसीले बताएका छन् । उनी आजै इलाममा असनस बस्ने बताए ।

 प्रतिपक्षीको माग सुन्न सभामुखको रुलिङ्ग

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारलाई रुलिङ्ग गरेका    छन्

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले राजपा आक्रोशित, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

काठमाडौ,७ माघ । संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार संसदमा दिएको अभिव्यक्तिप्रति संघीय संसदको तेस्रो ठूलो दल

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक माघ १४ र १५ गते

सुर्खेत,७ माघ । कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक यही माघ दोस्रो साता हुने भएको छ । कर्णाली प्रदेश समन्वय परिषद्का संयोजक तथा प्रदेश सरकारका

नेकपा अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना 

काठमाडौ,६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) की पत्नी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनयता