छाउगोठमा आगलागी हुँदा आमा र दुई बच्चाको जलेर मृत्यु

बाजुरा, २५ पुस । बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगलागी हुँदा आमा र दुई बच्चाको मृत्यु भएको छ ।

चिसोको बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिदा आगलागी भएको जनाएको छ । आगलागी हुँदा आमा र दुई बच्चाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

छाउगोठमा आगलागी हुँदा बूढीनन्दा नगरपालिका–९ वडा अगाउँपानीकी  ३५ वर्षीया अम्बा बोहरा र उनका दुई छोरा १२ वर्षीय सुरेश र नौ वर्षीय रमितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उद्धवसिंह भाटले बताए ।

डिएसपी भाटका अनुसार, आमा गोठमा सुतेकाले सुरेश र रमित पनि गोठमै सुत्न गएका थिए । उनका बुवा नौकरीका लागि विदेशमा छन् ।

उनीहरु सुतिरहेकै बेला आगो सल्केर गोठ जलेको हो । गोठ जल्दा तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी टोली अगाउँपानी पुगेको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

लालपूर्जा नहुँदा घरबास उठ्ने चिन्ता

वीरगञ्ज, ११ चैत । पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि ईन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको लालपुर्जा देख्नसमेत पाएका छैनन् । “आफ्नै

 मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष

अछाम । मंगलसेन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल

छोराछोरीलाई रोगबाट मुक्त पार्न क्रिस्चियन बन्दा...

मार्तडी, ७ चैत । बाजुरा बूढीनन्दा नगरपालिका–१ कोल्टीका भक्त गिरीका तीन छोराछोरी अपाङ्गताले थलिएका छन् । जन्मेको १२ देखि १४ वर्षको उमेरमा उनीहरु

 देश बदल्छु भन्थे आफैं बदलिए: पहिला पेस्तोल अब हातमा फरुवा !

लमही । तुलसीपुर–घोराही सडक खण्डसँग सटेको जग्गा । वर्षौंदेखि बाँझो । त्यही जग्गामा अहिले फलामका खाँबा गाडिएका छन् । ती खाँबासँगै भर्खरै बिरुवा