हुम्लामा अत्यधिक हिमपात,जनजीवन प्रभावित

हुम्ला,२५ पुस । हुम्ला जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । 

मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हुदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ ।

हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् ।माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ । सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ ।

‘एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न सकिएको छैन,’ स्थानीयवासी पासाङ लामाले भने । (रासस)

बुद्ध मूर्ति चोरेर तीन वर्षदेखि फरार व्यक्ति काठमाडौमा पक्राउ

डोल्पा,७ माघ । डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो

टोखामा कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौ,७ माघ । काठमाडौको टोखामा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा चापाकोट नगरपालिका १० का सफल माझी रहेको

दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

कैलाली,६ माघ । कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय

ट्रक र मोटरसाइकल जुझ्दा एक जनाको मृत्यु

चितवन,५ माघ । नारायणग–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ पानीट्याङ्की नजिक गएराती ट्रक र मोटरसाइकल जुझ्दा मोटरसाइकल चालक खैरहनी