पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा

फिदिम,२५ पुस ।  पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ। सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ। सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो। केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो।

तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको र अब भने समस्या समाधान हुने आशा व्यक्त गरे। ‘योजनाको भुक्तानी फिदिम पुगेर लिनुपर्ने बाध्यता थियो’, उनले भने,‘शिक्षक तथा कर्मचारीले समेत सदरमुकाम पुगेर मात्रै तलब लिने गरेका थिए।’ गाउँपालिकाले प्रक्रिया मिलाएर प्राइम बैंकको शाखाबाटै सबै प्रकारका भुक्तानी दिने व्यवस्था गर्न लागेको छ।

‘सम्भव भएसम्म सामाजिक सुरक्षा भत्तासमेत सोही बैंकबाट प्रदान गर्ने लक्ष्य छ,’ दाहालले भने। स्थानीय तह निर्माण भएपछि जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकामा सिभिल बैंकले शाखा विस्तार गरेको थियो। याङवरकमा सप्तकोशी डेभलपमेन्ट बैंकको शाखासमेत छ। हिलिहाङ र याङवरकले सिभिल बैंकको शाखाबाटै कारोबार गर्दै आएको छ। 

दक्षिणी मिक्लाजुङमा सरकारी स्वामित्वको कृषि विकास बैंक र फाल्गुनन्द गाउँपालिकामा नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा विस्तार भएको छ। फाल्गुनन्द गाउँपालिकाले फिदिममा रहेको नेपाल बैंकबाटै निकासा दिने गरेको छ। यी स्थानीय तहमा अन्य बैंकका शाखासमेत स्थापना भइसकेका छन्। कुम्मायक गाउँपालिकामा मेघा बैंकको शाखा स्थापना भएको छ। गाउँपालिकाले यही बैंकबाट बैंकिङ कारोबार गर्दै आएको छ।

तुम्बेवा गाउँपालिकामा स्थापना भएको बैंकको शाखा उद्घाटन गर्दै गाउँपालिका प्रमुख होमनाथ थापाले स्थानीयस्तरमै बैंकिङ सेवा प्राप्त हुँदा स्थानीयवासीलाई ठूलो राहत मिल्ने बताए।  स्थानीय तहमा बैंकिङ सेवा नहुँदा सयौँ विकास निर्माणका योजनाको सम्पूर्ण कार्य स्थानीय तहमै सम्पन्न भए पनि निकासा लिन भने सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो। विप्रेषणका लागि समेत सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो। (रासस)

नेप्से उकालो यात्रामा

           काठमाडौँ, ७ साउन । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका

पाल्पामा व्यावसायिक साइलेज उत्पादन शुरु

बेझाड, ७ साउन । पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ । साइलेज भन्नाले पोषणतत्व

खसीबोका सङ्कलन केन्द्र निर्माण

गोरखा, ७ साउन  । गोरखामा पहिलो पटक खसीबोका सङ्कलन केन्द्र निर्माण भएको छ ।  जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण

शेयर बजार: नेप्से सामान्य सुधार

   काठमान्डौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक