काठमाडौ–निजगढ फास्ट ट्रयाक निर्माण तिव्र गतिमा

काठमाडौ,२५ पुस । नेपाली सेनाले निर्माणको जिम्मा लिएसंगै राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेस जोड्ने दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको काम तीब्र गतिमा अगाडि बढेको छ । निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर फास्ट ट्रयाक निर्माण गरिरहेको छ । तोकिएको समयसीमाभित्र नै सम्पन्न गर्ने लक्ष्यको साथ सेनाले आफ्नो सक्रियता बढाएको छ । फास्ट ट्रयाक निर्माणको कामलाई थप प्रभावकारी बनाउनको लागि नेपाली सेनाले विभिन्न स्थानमा क्याम्प खडा गरेको छ । १० वटा क्याम्प मध्ये नौ स्थानमा क्याम्प खडा भइसकेका छन् । राष्ट्रिय गौरवको आयोजनामध्ये एक काठमाडौं–निजगढ द्रुतमार्ग एसियाली विकास बैंकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर नेपाली सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक काम गरिरहेको छ ।

परियोजनाको नयाँ विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) भने दक्षिण कोरियाली कम्पनी सुसुङले आगामी माघ २० गतेभित्र दिने तयारी गरेको छ । यो द्रुतमार्गमा ९० ओटा पुल र तीनओटा सुरुङ बन्नेछन् । द्रुतमार्ग निर्माण गरिरहेको नेपाली सेनाले पहिलेको प्रस्तावमा पुनःविचार गर्दै केही स्थानमा सुरुङ बनाउने प्रस्ताव गरेपछि पुलको संख्या घट्ने भएको हो । पछिल्लो प्रस्तावअनुसार १.४ किलोमिटरको सुरुङ लेनडाँडामा प्रस्तावित छ भने अर्को सुरुङ ३.३ किलोमिटरको सुरुङ महादेवटारमा प्रस्ताव गरिएको छ । यसअघि, १.३७ किलोमिटर सुरुङ ठिंगन क्षेत्रमा प्रस्ताव गरिएको थियो । अन्य दुई स्थानमा सुरुङ थप हुने भएपछि पहिलेको प्रस्तावभन्दा ९ ओटा पुलको संख्या घट्ने भएको छ ।

पहिलेको प्रस्तावमा ६२ ठूला र अन्य साना पुल गरी ९९ पुल प्रस्ताव गरिएको थियो । पुलका लागिमात्रै विभिन्न ६ ओटा निर्माण कम्पनी सूचीकृत भइसकेका छन् । प्रस्तावित ७६.२ किलोमिटर लामो काठमाडौं–निजगढ द्रुतमार्गलाई १० भागमा विभाजन गरेर २८ ओटा कन्ट्याक्टरमार्फत् काम भइरहेको नेपाली सेनाले जनाएको छ । बाराको निजगढ, जिरोकिलो क्षेत्रको सडक निर्माणको जिम्मेवारी सम्हालिरहेका नेपाली सेनाका प्राविधिक सेनानी रमेश मरासिनीले तराई क्षेत्रमा पर्ने सडक २७ मिटर र पहाडी क्षेत्रमा पर्ने सडक २५ मिटर चौडाइ प्रस्ताव भएअनुसार नै काम भइरहेको जानकारी दिए । द्रुतमार्गमा पर्ने कुल एक हजार ५६९ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म ८९९ रोपनीमात्रै अधिग्रहण भएको छ ।

द्रुतमार्गअन्तर्गत् ललितपुरको खोकना र बुङमतिमा जग्गा अधिग्रहणसम्बन्धी विवाद टुंगिएको छैन । बाँकी जग्गा अधिग्रहण गर्ने काम रक्षा मन्त्रालयमार्फत् भइरहेको छ । नेपाली सेनाले २०७४ साउन २७ गतेदेखि द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको थियो । हालसम्म सेनाले निजगढको जिरोकिलोदेखि ७.६ किलोमिटर ‘रिफिलिङ’को काम अन्तिम चरणमा पुर्‍याएको छ । द्रुतमार्गमा पर्ने २० हजार २०९ रुखमध्ये १९ हजार ६४६ रुख कटान गरिसकेको नेपाली सेनाले जनाएको छ । आयोजना निर्माणमा नेपाली सेनाका एक हजार २०० सैनिक खटिएका छन् । मूलुकको आर्थिक विकासको कोशेढुगा सावित हुने फास्ट ट्रयाक निर्माणका लागि सेनाले निरन्तरत कामसँगै प्रभावकारी अनुगमन समेत गर्दै आएको छ ।

फास्ट ट्रयाक निर्माणको लागि नेपाली सेनाले विभिन्न खण्ड खण्डमा विभाजित गरेर ठेक्का लगाएको लक्ष्य अनुसारको काम भए÷नभएको दैनिक रुपमा अनुगमन गर्दै आएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढमा जोडिने दु्रतमार्ग निर्माणले काठमाडौं र तराई आवतजावत गर्न निकै सहज हुनेछ । सरकारले ४ बर्षमा काम सक्नेगरी फास्ट ट्रयाक निर्माणको जिम्मा सेनालाई दिएको थियो । फास्ट ट्रयाक निर्माण निर्माण भएपछि नारायणगढ–मुग्लिन हुँदै काठमाडौं आउने सडकको तुलनामा काठमाडौं तराई फास्ट ट्रयाकबाट यात्रा गर्दा १ सय ६० किलोमिटर दूरी छोटो हुनेछ ।

यस सडकबाट यात्रा गर्दा तराईबाट राजधानी छिर्ने यात्रुहरूको ४ घण्टा समय पनि बचत हुनेछ । निजगढमा निर्माण गरिने अन्तर्राष्ट्रय विमानस्थललाई समेत मध्यनगर गर्दै निर्माण गर्न लागिएको यो सडकबाट छिमेकी देश भारत र चीनलाई समेत जोड्ने उदेश्य राखिएको छ । २०६९ सालमा नेपाली सेनाले काठमाडौंदेखि तराई÷मधेस दु्रतमार्गको ट्रयाक ओपन गरेको थियो । फास्ट ट्रयाक निर्माणको लागि करिब १ खर्ब १२ अर्ब लाग्ने बताइए पनि डिपिआरको रिपोर्ट अनुसार बढ्ने सम्भावना रहेको छ ।

 तिब्बती शरणार्थीका  ६५ जोखिममा

ठिनी । मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविर सुक्खा पहिरोको जोखिममा परेको छ ।  बस्ती तल रहेको कालीगण्डकी किनार

नेपालमा हिन्दी सम्मेलन हुने

जनकपुरधाम, १२ चैत । यही चैत २० र २१ गते जनकपुरधाममा १८ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने भएको छ । नेपाल राष्ट्रिय हिन्दी सम्मेलनद्वारा आयोजना हुने

१० किलोमिटर हुलाकी सडकमा कालोपत्रे

लहान, १२ चैत । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टि सडकखण्डको १० किलोमिटर कालोपत्रे सकिएको छ । भारतीय सीमाक्षेत्रसँग

सिटौला अस्पतालबाट घर फर्के

 काठमाडौँ, १२ चैत । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।  काठमाडौँको ह्याम्स अस्पतालमा