बिनोद चौधरीको कम्पनी पक्षमा भएको आदेशविरुद्ध सर्वोच्चमा निवेदन

काठमाडौं । सर्वोच्च अदालतमा निजी क्षेत्रको लगानीमा सिजी टेलिकम सञ्चालन गर्न दिइएको अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेट निवेदन दर्ता गरिएको छ । 

सर्वोच्चमा नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले विनोद चौधरीको लगानी रहेको सिजी कम्युनिकेसन प्रालि सञ्चालन रोक्नु पर्नाका कारणसमेत नबुझी उक्त टेलिकम सञ्चालन गर्न दिइएको अन्तरिम आदेश खारेजीको माग गर्दै सो निवेदन दर्ता गरेका हुन्। 

निवेदनमा भनिएको छ, “कानूनी तथा तथ्यगत अवस्था नभएकाले अन्तरिम आदेश जारी हुन सक्ने अवस्था नै नरहेको र प्राधिकरणलाई सुनुवाइको मौका नै नदिई एक पक्षीय सुनुवाइ गरी जारी गरिएको आदेश गलत तथ्यमा आधारित, प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ ।” निवदेनमा सर्वोच्चको सो आदेशले कानूनी व्यवस्थालाई नै निष्क्रिय बनाएको हुँदा रद्द गर्न माग गरिएको छ । 

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले यही पुस १० गते सिजीलाई सेवा सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको थियो । निवेदनमा सिजीले पूर्वाञ्चल विकास क्षेत्रमा दूरसञ्चार सेवा नपुगेका १६ जिल्लाका तत्कालीन ५३४ गाविसमा सेवा सञ्चालन गर्न २०६० मङ्सिरमा ग्रामीण दूरसञ्चारको अनुमति लिएको उल्लेख छ । रासस

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,