बामदेव खुशी पार्न अनुसन्धान प्रमुख बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीति स्वार्थ पूरा गर्न प्रचलित ऐनको धज्जी उडाएका छन् । संसदमा गलत तथ्यांक प्रस्तुत गरेर सार्वभौम संसदको अपमान गरेका उनले सुरक्षासँग सम्बन्धित संवेदनशील निकायको प्रमुख बर्खास्त गर्दै आफ्ना राजनीतिक प्रतिपष्पर्धी नेता खुशी पार्न ऐनको पनि उल्लंघन गरेको रहस्य खुलेको छ । 

सबै चकित !

कुनै खास कारणबिना नै राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको बर्खास्त र नयाँ नियुक्तिले सिंगो सुरक्षा निकायलाई चकित पारेको देखिएको छ । चार महिनापछि स्वत अवकाश पाउने प्रमुख दिलीपराज रेग्मीलाई अचानक बर्खास्त गरेर उनको स्थानमा एआईजी गणेश अधिकारीलाई नियुक्त गरिनुका पछाडि संस्थागत आवश्यकता भन्दा पनि राजनीतिक स्वार्थ नै मुख्य कारण हुनसक्ने सुरक्षा सम्बध्द सूत्रहरुले निष्कर्ष निकालेको बुझिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा  तयार गरिएको प्रस्ताव आएपछि मन्त्रीपरिषद्का सदस्यहरु समेत छक्क परेको जानकार सूत्रले बताएको छ । यसबारेमा गृह सम्बध्द कुनैपनि निकाय अनभिज्ञ रहेको एक उच्च सुरक्षा अधिकारीले सरल पत्रिकालाई बताए । 

बामदेव खुशी पार्न ऐन मिचियो

राष्ट्रिय अनुसन्धान विभागको प्रमुख हटाउनुको मुख्य कारण नेकपा नेता बामदेव गौतम खुशी पार्ने चाल भएको बताईएको छ । उपचुनाव लड्न नपाएर आफूसँग क्रुध्द भएका गौतमलाई खुशी पार्न अचुक उपायको खोजीमा रहेका प्रधानमन्त्री ओलीलाई विभागको प्रमुखमा हस्तक्षेप गर्ने सुझाव एक अनुभवी व्यक्तिले दिएका थिए । यसरी सुझाव दिने अरु कोही नभएर विभागका पूर्व प्रमुख देबीराम शर्मा भएको सम्बध्द सूत्रले दावी गरेको   छ । बामदेव गौतमका विश्वासपात्र भनी चिनिएका शर्माले नियमावली संशोधन गरेर बहालवाला प्रमुखलाई विदा दिने र उसको स्थानमा गौतमका निकटस्थ व्यक्तिलाई नियुक्त गर्ने उपाय सुझाएको बताईएको छ । विभाग सूत्रका अनुसार, नवनियुक्त प्रमुख गणेश अधिकारी पूर्व प्रमुख शर्माका प्रिय पात्रका रुपमा चिनिन्छन् । 

ऐनलाई धोती 

प्रधानमन्त्री ओलीले आफ्नो चुनौति पन्छाउने उदेश्य पूरा गर्दा ऐन मिचेका छन् । मन्त्री परिषद्ले विभाग सञ्चालनसम्बन्धी विशेष सेवा नियमावलीमा रहेको प्रमुखको पदावधिसम्बन्धी प्रावधान संशोधन गरेर रेग्मीलाई हटाएको छ । तर यस सम्बन्धी ऐन बनिसकेको छैन,संसदमै बिचाराधिन  छ । पहिला ऐन बनेपछि मात्र नियमावली बन्ने हो । यसमा प्रधानमन्त्रीले पार्टीभित्रको आफ्नो अवरोध साम्य पार्न ऐन त उलंघन गरेकै  छन् । लोक सेवा आयोगसँग परामर्श लिनुपर्ने सामान्य परम्पराको पनि धज्जी उडाएका छन् । नियमावलीमा प्रमुखको पदावधि चार वर्ष हुने व्यवस्था थियो । यसलाई संशोधन गरी तीन वर्ष बनाइएको छ ।

चारवर्षे पदावधि हुँदा रेग्मी १४ जेठसम्म कायम रहन्थे । नवनियुक्त प्रमुख अधिकारीले सोमबार बेलुका नै पदभार ग्रहण गरेका छन् ।  
रेग्मी सोमबार सुरक्षासम्बन्धी छलफलमा गृहमै थिए । केही महिनायता विभागका प्रमुख रेग्मीलाई हटाएर अधिकारीलाई प्रमुख बनाउन लबिङ भैरहेको कुरा गाईंगुँईं चलिरहेका थियो । प्रमुख नियुक्त भएका अधिकारीले अबको तीन वर्ष विभागको नेतृत्व सम्हाल्नेछन् ।


 

 काङ्ग्रेस संसदीय दल बैठक बस्दै

काठमाडौँ, ११ चैत । समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज   बस्दैछ ।  बैठक

 बाबुराम र उपेन्द्रको एकता हुँदै

काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम एक हुने तयारीमा रहेको बुझिएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र निवर्तमान

गुटको राजनीति स्वाभाविक : नेता कोइराला

चितवन, १० चैत । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । नेपाली

 किन चौबीस घण्टा टिक्न सकेनन् शशांक ?

काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालाको अस्थीर अभिव्यक्ति उनकै दलभित्र आलोचनाको बिषय बन्न पुगेको छ । आफ्नै आँगनमा आयोजित होलीको रमझममा उनले