सन्दीपको टोली मेलबर्न स्टार्स समस्यामा


काठमाडौं, २४ पुस । बीग बाश लिग (बीबीएल) मा सहभागी नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेको टोली मेलबर्न स्टार्स समस्यामा परेको छ ।

भारत विरुद्धको एकदिवसिय टोलीमा मेलबर्न स्टार्सको ४ प्रमुख खेलाडी राष्ट्रिय टोलीमा छानिएकाले आगामी ३ खेलमा समस्या पर्ने भएको हो । कप्तान ग्लेन म्याक्सवेल, ओपनर पिटर ह्यान्डस्कम्ब, स्पीनर एडम जाम्पा र अलराउन्डर मार्कस स्टोइनिसको अनुपस्थिती स्टार्सले आगामी ३ खेलसम्म व्यवस्थापन गर्नुपर्ने भएको बताइएको छ ।

यसअघि नै टोलीका प्रमुख खेलाडीमध्ये एक सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्नको लागि ढाका आइसकेका छन् । सन्दीपको स्थानमा इंग्ल्याण्डका तिब्र गतिका बलर लायाम प्लन्केट स्टार्समा आबद्ध भएका छन् ।

म्याक्सवेलको स्थानमा कार्याबाहक कप्तानको रुपमा अनुभवि खेलाडी निक म्याडिन्सनलाई ल्याइएको छ । उनले बुधबार हुने खेलमा स्टार्सको लागि डेब्यु पनि गर्नेछन् र टोलीको लागि कप्तानी पनि गर्ने भएका छन् ।

बैकल्पिक कप्तानको रुपमा हेरिएका पिटर ह्यान्डस्कम्ब पनि टोलीमा परेपछि स्टार्सले कार्याबाहक कप्तान खोज्नु परेको हो । म्याक्सवेल, जाम्पा र स्टोइनिस भने राष्ट्रिय टोलीमा पर्ने जानकारी स्टार्सलाई यसअघि नै रहेको टोलीले बताएकोे छ ।

दुईजना प्रमुख स्पीनर गुमाएको स्टार्सले विकल्पमा युवा स्पीनर टम ओ कोनोललाई बीबीएलमा खेल्ने अवसर दिने भएको छ ।

सुरुवातको २ खेलमा पराजित भएपनि स्टार्सले पछिल्लो ३ खेल जितेर अहिले अंक तालिकाको तेश्रो स्थानमा रहेको छ । आगामी ३ खेलमा यि प्रमुख ४ खेलाडी अनुपस्थित भएपनि १९ जनवरीको खेलको लागि भने सबै खेलाडी उपलब्ध हुने जानकारी स्टार्सले दिएको छ ।

 

 युएई भ्रमणका लागि सन्दीप नेपाल आए

काठमाडौं । बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सोमबार नेपाल आएका छन् । अष्ट्रेलियामा जारी बिग

दक्षिण एशियाली खेलकूद निर्धारित मितिमा नहुने पक्का

काठमाडौँ, ७ माघ । नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ

धोनी अझै अब्बल, ३७ वर्षमा ५० रन भन्दा बढिको औसत हुने एक्लो क्रिकेटर

एजेन्सी । भारतीय क्रिकेट टोलीका खेलाडी महेन्द्र सिंह धोनीले अष्ट्रेलिया विरुद्धको पछिल्लो एकदिवसिय अन्तर्राष्ट्रिय सिरिजको ३ खेलमा १९३ रन बनाए

मेस्सीको अर्को किर्तिमान, पेलेको किर्तिमान तोड्ने तरखर

एजेन्सी । धेरै किर्तिमानहरु आफ्नो नाममा लेखाइसकेका बार्सिलोनाका महान खेलाडी लियोनल मेस्सीले नयाँ किर्तिमानमा पनि कब्जा जमाएका छन् । बार्सिलोनाका