वाईडवडीमा मुछिएका आफ्ना मान्छे जोगाउन यसरी मिले ओली र देउवा 

काठमाडौं । वाइड बडी जहाज खरिद प्रकरणमा मुछिएका आफ्ना मान्छे जोगाउन सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलको आश्चर्यजनक लगनगाँठो कसिएको बुझिएको छ । संसदीय छानविन उपसमितिको प्रतिवेदनमा नामै उल्लेख गरेर जहाज खरिदमा जिम्मेवार मन्त्री र पूर्वमन्त्रीमाथि कार्वाहीको सिफारिस भएपछि यसलाई ढाकछोप गर्न दुई दलका शीर्ष नेतावीच लगनगाँठो कसिएको थाहा भएको हो ।

उपसमितिका एक सदस्यका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवावीच आआफ्ना मान्छेलाई भ्रष्टाचारको अभियोगबाट जोगाउन सहमति भएको हो । ओली र देउवाको सहमति पछि लेखा समितिले आफैंले गठन गरेको उपसमितिको प्रतिवेदन दुइ नेताको निर्देशन अनुसार संशोधन गरेको ती सदस्यले सरल पत्रिकासँग बताए । 

वाईड वडी जहाज खरिद प्रकरणको यथार्थ छानविन गर्न गठित उपसिमितिले तयार पारेको प्रतिवेदन सार्वजनिक लेखा समितिले सोमबार संशोधन सहित पास गरेको छ ।  

  प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको मिलेमतोमा बहालवाला मन्त्री रवीन्द्र अधिकारीसहित पूर्व मन्त्रीद्धय जीवनबहादुर शाही र जीतेन्द्र नारायण देवलाई जोगाउनेगरि लेखा समितिले प्रतिवेदन संशोधन गरेको कुरा उपयुक्त समयमा किटानीसाथ सार्वजनिक गर्न आफू तयार रहेको एक समाचार सूत्रले बतायो ।

उपसमितिले जहाज खरिद प्रक्रियामा बदनियत देखिएको भन्दै कारबाही सिफारिस गरिएका मन्त्री अधिकारीलाई नैतिक रुपमा मात्र जिम्मेवार देखाएर प्रतिवेदनमा संशोधन गरी पारित गरिएको बुझिएको छ ।

यसअघि उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्वमन्त्रीहरू जीवनबहादुर शाही र जीतेन्द्र देवलाई नैतिक जिम्मेवार र मन्त्री अधिकारीलाई बदनियत नै राखेको किटानी सहित कार्बाहीको सिफारिसि गरिएको थियो । लेखा समितिले पारित गरेको प्रतिवेदनमा तीनै मन्त्रीलाई नैतिक जिम्मेवार ठानेर कानुनअनुसार कारबाही माग गरिएको छ । यसअघि सोमबार नै पत्रकार सम्मेलन गरेर मन्त्री अधिकारीले आफूलाई अनुमान र पूर्वाग्रहका आधारमा अनियमिततामा मुछेको दावी गरेका थिए ।
 

 प्रतिपक्षीको माग सुन्न सभामुखको रुलिङ्ग

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारलाई रुलिङ्ग गरेका    छन्

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले राजपा आक्रोशित, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

काठमाडौ,७ माघ । संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार संसदमा दिएको अभिव्यक्तिप्रति संघीय संसदको तेस्रो ठूलो दल

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक माघ १४ र १५ गते

सुर्खेत,७ माघ । कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक यही माघ दोस्रो साता हुने भएको छ । कर्णाली प्रदेश समन्वय परिषद्का संयोजक तथा प्रदेश सरकारका

नेकपा अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना 

काठमाडौ,६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) की पत्नी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनयता