शेयर बजारमा केही सुधार

काठमाडौँ, २३ पुस । धेरै दिनपछि धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ६७ बिन्दुले बढेर एक हजार १७७ दशमलव ७७ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक १ दशमलव ३७ बिन्दुले बढेर २४९ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४८ कम्पनीको नौ लाख १४ हजार २३९ कित्ता शेयर रु ३० करोड १९ लाख ८७ हजार ६१६ मा खरीद बिक्री भए ।

कारोवार भएका कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ । उत्पादन १२ दशमलव ७६ तथा अन्य शून्य दशमलव शून्य चार बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ ४ दशमलव ६४, होटल १७ दशमलव ६५, विकास बैंक ७ दशमलव ६४, जलविद्युत् ५ दशमलव ३७, वित्त १ दशमलव २, निर्जीवन बीमा ८२ दशमलव ८८, लघुवित्त ११ दशमलव ५३ र जीवन बीमा ९२ दशमलव ६९ बिन्दुले बढेको छ ।

हाथवे फाइनान्स कम्पनी, सिर्नजी पावर कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्स, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंकका लगानीकर्ताले कमाएका छन् ।

यस्तै किसान माइक्रोफाइनान्स वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स, हिमालयन बैंक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, सिन्धु विकास बैंक र पोखरा फाइनान्स लिमिटेडका शेयरधनीले आज गुमाएका छन् । रासस

आँपको मूल्यमा दोब्बर वृद्धि

गाईघाट, ५ असार । आँपको उत्पादनमा कमी आएपछि यसको मूल्यमा दोब्बरले वृद्धि भएको छ ।  यो वर्ष उदयपुरलगायत यस क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि अहिले

उफ गर्मी: पानीको मुहान सुक्दा जनजीवन प्रभावित

रौतहट, ५ असार । अत्यधिक गर्मीका कारण रौतहटकोे जनजीवन प्रभावित भएको छ । विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । वायुमण्डलीय

बागलुङमा व्यावसायिक खरायोपालन

गलकोट, ४ असार । बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिकरुपमा खरायोपालन शुरु गरेका छन्।  शर्माले चार महीनाअगाडि घरमा पाल्न दुई

कृषकलाई यान्त्रिक हलो वितरण

बलेवा, ३ असार । कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले बागलुङ नगरपालिका–१२ अमलाचौरले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै