युएई सिरिजको तयारी भोलीदेखि सुरु हुने

काठमाडौं, २३ पुस । आगामी माघ ११ गते देखि २० सम्म युएईमा सुरु हुने एकदिवसिय अन्तर्राष्ट्रिय र टी–२० सिरिजको तयारी भोली देखि सुरु हुँदैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नेतृत्वमा उक्त सिरिजको लागि २० सदस्यीय प्रारम्भीक टोलीको छनौट गरिसकेको छ। युएईसँगको यो सिरिज नेपालको दोश्रो एकदिवसिय सिरिज हो । यसअघि नेपालले नेदरल्याण्डससँग उसकै गृह मैदान एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । उक्त सिरिज १–१ को बराबरीमा टुंगिएको थियो ।

त्यसबाहेक एसिया कप छनौट प्रतियोगितामा युएईसँग खेलेसँगै नेपालले हालसम्म ३ वटा अन्तर्राष्ट्रिय एकदिवसिय प्रतियोगिता खेलेको छ ।

भोली देखि सुरु हुने बन्द प्रशिक्षणबाट अन्तिम १५ खेलाडिको नाम सार्वजनिक हुनेछ ।

नेपालको खेल तालिकाः

पहिलो एकदिवसिय अन्तर्राष्ट्रियः माघ ११, शुक्रबार
दोश्रो एकदिवसिय अन्तर्राष्ट्रियः माघ १२, शनिबार
तेश्रो एकदिवसिय अन्तर्राष्ट्रियः माघ १४, सोमबार

पहिलो टी–२० खेलः माघ १७, बिहिबार
दोश्रो टी–२० खेलः माघ १८, शुक्रबार
तेश्रो टी–२० खेलः माघ २०, आइतबार

   

 

कठिन अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं, १२ चैत । भारतमा अभ्यासरत नेपाली यू–१९ क्रिकेट टोलीले कठिन जित हात पारेको छ । आज भएको खेलमा भारतको आन्ध्र प्रान्तको यू–१९ क्रिकेट टोलीलाई

घाइते रोनाल्डो भन्छन्,  ‘छिट्टै खेलमा फर्किन्छु ’

एजेन्सी । युभेन्टस र पोर्चुगल राष्ट्रिय टोलीका स्टार क्रिस्टियानो रोनाल्डो खेलको क्रममा घाइते भएका छन् । सोमबार राती भएको पोर्चुगल र सर्बियाबिचको

आज नेपाल भर्सेस अफगानिस्तान 

काठमाडौँ, १२ चैत । एएफसी यु–२३ च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल र अफगानिस्तान भिड्दैछन् । प्रतियोगिताबाट बाहिरिइ सकेको दुबै

अश्विनले विवादास्पद रुपमा बटलरलाई आउट पारेपछि..

एजेन्सी । सोमबार राती इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको किंग्स ११ पंजाब र राजस्थाल रोयल्स बिचको खेलमा जोश बटलर आउट भएको विषय विवादित बनेको छ