अबिलम्ब प्रतिवेदन नसच्याए अनसनः डा.केसी

काठमाडौं, २३ पुस । चिकित्सा क्षेत्रको सुधारको लागि आन्दोलनरत डा.गोविन्द केसीले स्वास्थ्य उपसमितिको प्रतिवेदन सच्याउन माग गरेका छन् ।

उनले सोमबार पत्रकार सम्मेलन गरी अविलम्ब स्वास्थ्य उपसमितिले दिएको प्रतिवेदन नसच्याए अनसन बस्ने चेतावनी दिएका छन् । आफूसँग भएको सहमित विपरित स्वास्थ्य उपसमितिले प्रतिवेदन तयार गरेको उनको भनाइ छ ।

संसदीय समितिको आग्रहमा डा.केसीले अनसनलाई एक साता सारेका थिए । उनले दिएको समयावधि २५ पुसमा सकिदै छ । त्यतिञ्जेलसम्म माग पुरा नभए अनसन बस्ने उनले बताएका छन् । तर, स्वास्थ्य उपसमितिले दिएको प्रतिवेदन नसच्चिए भने त्यो भन्दा अगाडी नै अनसन बस्ने उनको चेतावानी छ ।

उनले यस पटक तीन माग अघि सारेका छन् । पहिलो मागमा यस अघि उनीसँग भएका सहमति अनुसार स्वास्थ्य शिक्षा विधेयक पारित गर्न र काठमाडौ बाहिरका जिल्लामा सरकारी मेडिकल कलेज खोल्न आग्रह गरिएको छ ।

दोस्रो मागमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यरालाई पक्राउ गरेर कारवाही गर्न र हत्या घटनामा प्रमाण नष्ट गर्ने प्रहरीलाई फौजदारी मुद्दा चलाउन आग्रह गरिएको छ ।

त्यस्तै, तेस्रो मागमा सरकारको निर्णय उलंघन गर्दै काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क फिर्ता गर्नु पर्ने उल्लेख छ ।

 मिर्गौला प्रत्यारोपणको सुविधा  १६ जिल्लामा विस्तार  

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला रोगको निःशुल्क उपचार सेवा (डायलाइसिस) विभिन्न १६ जिल्लामा विस्तार गर्ने भएको छ

‘मुड फ्रेश गराउन चाहनुहुन्छ ? खानुहोस् यी खानेकुरा

मानिसको जीवन यसैपनि व्यस्त हुन्छ,त्यसैले जीवनमा उतार चढाव त भई नै रहन्छ । व्यस्त मानिसको मुड फ्रेश बनाउने र सधैं खुशी राख्ने काम सेरेटोनिन हार्मोनले

क्यान्सरलाई पराजित गरे इमरान हाशमीका छोराले

काठमाडौं । बलिउड अभिनेता इमरान हाशमी ठूलो पीडाबाट मुक्त भएका छन् । उनका परिवारका लागि खुशीको दिन आएको छ । उनको छोरा अयान क्यान्सर रोगबाट मुक्त भएका

१० मिनेट मात्रैको योगाले पनि स्मरण शक्ति बढ्ने तथ्य सार्वजनिक

काठमाडौ,१ माघ । पछिल्लो समय गरिएको एक अध्ययनले १० मिनेट मात्रै योगा वा अन्य कसरत गर्दापनि मानिसको स्मरण शक्ति बढ्ने तथ्य सार्वजनिक गरेको छ । जापानको