राष्ट्र बैंकले चार अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्दै

काठमाडौ,२३ पुस । नेपाल राष्ट्र बैंकले आज रु चार अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्दैछ । बैंकले आईतबार एक सूचनामार्फत २८ दिने अवधिका लागि रु तीन अर्ब २५ करोड र ९१ दिने अवधिको रु एक अर्ब बराबरको ट्रेजरी बिक्री गर्न लागेको जानकारी दिएको हो ।

बैंकले उक्त रकम बराबरको ‘ट्रेजरी बिल’ मंगलबार (भोली) जारी गर्ने छ । २८ दिने ट्रेजरी बिल आगामी माघ २२ गते र ९१ दिने बिल आगामी चैत २६ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले यसअघि रु छ अर्ब १२ करोडको ९१ दिने र ३६४ दिने रु आठ अर्ब २९ करोड बराबरको ट्रेजरी बिक्री गरेको थियो। 

नेप्से उकालो यात्रामा

           काठमाडौँ, ७ साउन । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका

पाल्पामा व्यावसायिक साइलेज उत्पादन शुरु

बेझाड, ७ साउन । पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ । साइलेज भन्नाले पोषणतत्व

खसीबोका सङ्कलन केन्द्र निर्माण

गोरखा, ७ साउन  । गोरखामा पहिलो पटक खसीबोका सङ्कलन केन्द्र निर्माण भएको छ ।  जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण

शेयर बजार: नेप्से सामान्य सुधार

   काठमान्डौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक