जन्म दिनमा चकलेट बाड्न निषेध

रामपुर, २२ पुस । पाल्पाको एक विद्यालयमा जन्मदिनका अवसरमा चक्लेट बाड्न निषेध गरिएको छ ।

रामपुर–१० रामटारस्थित जङ्क फूड निषेध गरिएको जनकल्याण माध्यामिक विद्यालयमा जन्मदिनमा चकलेट दिने विद्यार्थीलाई कारवाही गरिने प्रधानाध्यापक आनन्दप्रसाद भण्डारीले बताए ।

विद्यालयको वातावरणीय र पर्यावरणीय सुधार तथा स्वास्थ्य शिक्षासम्बन्धी चेतना जगाउन यस्तो निर्णय भएको विद्यालयले जनाएको छ ।

विद्यालयमा युवराज श्रेष्ठ अध्यक्ष रहेको ‘इको क्लब’ गठन गरेर घरमै तयार पारेका खाजा विद्यार्थीलाई प्रयोग गराउन तथा पत्रु खानाको प्रयोग रोक्ने निर्णय भएको छ ।

बजारमा पाइने विभिन्न खानेकुराले विद्यार्थीको स्वास्थ्यमा असर गर्ने र पढाइमा समेत प्रभाव पार्ने भएपछि अब जन्मदिनको अवसरमा चकलेट वितरण नगरी शुभकामना आदानप्रदान मात्र गरिने शिक्षक दामोदर तिमिल्सिनाले जानकारी दिए ।

जंक फुड लैजान नपाइने भएपछि विद्यार्थीले घरमै तयार पारेका रोटी, मकै, भटमासलगायतका खाजा झोलामा बोकेर स्कुलमा आउने गर्दछन् । रासस

आमाछोरा एकसाथ एसइईमा 

भक्तपुर । भक्तपुर दुवाकोटकी ५३ वर्षीया मीना आलेमगर आइतबारदेखि शुरु हुने माध्यामिक शिक्षा परीक्षा अर्थात एसइईको तयारीमा व्यस्त छिन् । यस वर्षको

आईतबारदेखि एसइई परीक्षाः सामुदायिकमा छात्रा र निजीमा छात्र बढी

काठमाडौँ । भोलि चैत १० गते आईतबारदेखि सुर हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा सामुदायिक विद्यालयमा छात्रा र निजी (संस्थागत) विद्यालयमा

 एसइई परीक्षा: यसरी घट्यो हाउगुजी

काठमाडौं । अक्षराङ्कन प्रणाली कार्यान्वयन र प्रदेशस्तरबाट प्रश्नपत्र सोध्न थालिएपछि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा देखिने हाउगुजी घट्दै

सबै विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा

काठमाडौँ, ७ चैत । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ