अछाम र कञ्चनपुरमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने

बैतडी, २२ पुस । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा चालू आर्थिक वर्षमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ ।

अछाम र कञ्चनपुरमा चालू आर्थिक वर्षभित्रै परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । आउँदो माघबाट विवरण सङ्कलन गरिने र असारसम्म परिचयपत्र वितरण गरिसक्ने लक्ष्य लिइएको छ ।

सरकारले संवैधानिक रुपमै राष्ट्रिय परिचयपत्र बनाउन खोजेको प्रदेशका आन्तिरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए ।

सरकारले पाँचथरबाट गत मंसिर ३ गतेदेखि वितरण शुरु गरिएको परिचयपत्र वितरण चालू आर्थिक वर्षमा सात प्रदेशका १५ जिल्लामा वितरण हुन लागेको हो ।

विभागले यसअघि पाँचथरमा एक लाख १० हजार र सिंहदरबारका सात हजार कर्मचारी गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिसकेको छ ।

विभागले चालू आर्थिक वर्षभित्र सात प्रदेशका १६ वर्षभन्दा माथिका ३५ लाख २३ हजार ६९८ जनालाई परिचयपत्र वितरण गर्ने तयारी गरेको हो । रासस

बुढो बन्ने फेसएप प्रयोग गर्दै हुनुहुन्छ ? सावधान, तपाइँ फस्दै हुनुहुन्छ

अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा वयस्क वा वृद्ध अवस्था देखाइदिने एप फेसएपबारे चर्चा चुलिएको छ । उक्त एप प्रयोग गरेर प्राप्त नतिजा हजारौँ

फेसबुकलाई साढे ५ खर्ब रूपैयाँ जरिवाना

वासिङटन, २९ असार । प्रयोगकर्ताका तथ्यांकको गोपनीयता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई ५ अर्ब अमेरिकी डलर (साढे ५ खर्ब नेपाली रुपैयाँ) जरिवाना

 चिनियाँ कम्पनीले गर्यो फाइभ–जीका २५ सम्झौता

शेनजेन । चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यावसायिक फाइभ–जी सम्झौता गरेको मंगलबार

आठ सयभन्दा बढी घर विद्युत्को पहुँचभन्दा बाहिर

बेझाड, ६ असार । रामपुर नगरपालिकाभित्रका आठ सयभन्दा बढी घरधुरीमा विद्युत् सुविधा पुग्न सकेको छैन ।  नगरका वडा नं १, २, ३, ४, ९ र १० का गरी ८३३ घरधुरी