बैंकहरुको हितलाई ध्यानमा राख्दै केन्द्रिय बैंकले निक्षेप राख्ने

 

काठमाडौँ, २० पुस । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४८ करोड ३५ लाख रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । 

बैंकले आज एक सूचनामार्फत आगामी माघ २ गतेदेखि आगामी पुस २९ सम्म ३६४ दिनको मुद्दती निक्षेपमा त्रैमासिकरुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्नुपर्ने भएको प्रस्ताव पेश गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजसमेत उल्लेख गरी प्रस्ताव पेश गर्न आग्रह गरेको छ । 

बैंकले ‘क’ वर्गका बाणिज्य बैंकमा रु एक अर्ब १८ करोड ६८ लाख ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा रु २२ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु सात करोड ४२ लाख गरी कूल एक अर्ब ४८ करोड ३५ लाख निक्षेपका रुपमा राख्न प्रस्ताव माग गरेको हो । 

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ । बैंकका अनुसार रकम लिन तोकेको सिलबन्दी दरभाउपत्रसम्बन्धी फारम भरी आगामी आइतबार प्रस्ताव पेश गर्न भनेको छ ।  रासस

नेप्से उकालो यात्रामा

           काठमाडौँ, ७ साउन । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका

पाल्पामा व्यावसायिक साइलेज उत्पादन शुरु

बेझाड, ७ साउन । पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ । साइलेज भन्नाले पोषणतत्व

खसीबोका सङ्कलन केन्द्र निर्माण

गोरखा, ७ साउन  । गोरखामा पहिलो पटक खसीबोका सङ्कलन केन्द्र निर्माण भएको छ ।  जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण

शेयर बजार: नेप्से सामान्य सुधार

   काठमान्डौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक