भोली लगानी सम्मेलन हुँदै

इलाम, १९ पुस । इलाम नगरपालिकाको आयोजनामा पुस २० गते हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिक अभिनन्दनसमेत गरिने नगरपालिकाले जनाएको छ ।

इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरूप अभिनन्दन गरिने इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले सो नगरपालिकाले लगानी सम्मेलन गर्न लागेका नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । लगानी सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री, प्रदेश तथा सङ्घीय सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा उद्योगी–व्यवसायीको सहभागिता रहने जनाइएको छ ।

नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई लगानीका मुख्य क्षेत्रका रूपमा सम्मेलनमा लाने तयारी गर्दैछ । कृषितर्फ चिया, अदुवा, अलैँची, दूध, जडीबुटीलगायत क्षेत्रमा दाताहरूलाई सम्भावना देखाउनेछ ।

जिल्लामा उत्पादन हुने कृषि उपजलाई प्रशोधन र बजारीकरणका माध्यमबाट यस क्षेत्रमा उद्योगधन्दा स्थापनाका लागि लगानीकर्ताको ध्यानाकर्षण हुने अपेक्षा रहेको प्रमुख बस्नेतको भनाइ छ ।

डेपुटी गभर्नरले तीन वर्षसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश पाएको तीन वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय

 चीनको अर्थतन्त्र २८ वर्ष यताकै न्यून

बेइजिङ । चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको आधिकारिक तथ्याङ्कमा उल्लेख छ ।

 एयरबसले एसएमबीसी समूहलाई ६५ वटा बिमान बिक्री गर्दै 

  पेरिस । बिमान खरिदबिक्री गर्ने एसएमबीसी एभिएसन क्यापिटलले फ्रान्सस्थित एयरबस कम्पनीसँग ए३२०नियो सिरिजका ६५ वटा बिमान खरिद गर्न लागेको एयरबस

स्थानीय तहमा बैक नहुँदा कामकाज प्रभावित

डोटी,७ माघ । डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य