सन्दर्भ मेलमिलाप दिवसः यसरी स्वदेश फर्केका थिए वीपी

बिहान चारैबजे परिवारका सबै सदस्य भेला हुने, दोहो¥याइतेह¥याई चिया खाँदै दुनियाँभरका विषयमा छलफल गर्ने पिताजी कृष्णप्रसादकै पालादेखि कोइरालाहरुको संस्कार बनेको थियो । पराइ भूमिमा आश्रित भएर गरिएको सशस्त्र क्रान्तिबाट प्रजातन्त्र स्थापना सम्भव छैन, बरू त्यसले मुलुकको राष्ट्रियता कमजोर बनाउन चाहने शक्तिलाई नै बल पुग्छ भन्ने निष्कर्षमा बीपी पुगिसकेका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै उनले नेपाल फर्किने मानसिकता बनाइसकेका थिए । तर आफ्नो निर्णय कसैलाई सुनाएका थिएनन् । “बरू केही दिनदेखि उनी साँझबिहान सारनाथस्थित निवासको छतमा एक्लै चिन्तनशील मुद्रामा टहलिरहन्थे (गौतम, भाग, ५, २०७१ : १० र ११) ।”
यस्तैमा एक दिन बिहान चारबजे चिया कार्यक्रम सुरू हुनुअघि नै छतमा उभिएर बीपीले गिरिजासँग भने, “मुलुक सङ्कटमा छ । हाम्रो राष्ट्र रहन्छ कि रहँदैन ! त्यसकारण मैले नेपाल फर्कने निर्णय गरें ।”166

 त्यो घटनाबारे गिरिजाले भनेका छन्, “अपेक्षाकृत गम्भीर र चिन्तायुक्त मुद्रामा भन्नुभयो— मैले नेपाल फर्किने निर्णय गरें । मलाई विश्वास भएन । यसअघि कुनै चर्चा थिएन । पुनः दृढ स्वरमा आफ्नो सङ्कल्प दोहो¥याउनुभयो । साँच्चै मैले निर्णय गरें भन्नुभयो । यस्तो भयावह स्थितिमा ज्यानलाई बाजीमा राखेर सान्दाइ खुला रुपमा नेपाल फर्किने निर्णयको मैले घोर विरोध गरें (गौतम, भाग, ५, २०७१ : २) ।”

“सशस्त्र क्रान्तिका महासेनानी निःशस्त्र नेपाल फर्किने ? गिरिजाका लागि कल्पनाबाहिरको कुरा थियो त्यो । उनले भने—हुँदैन सान्दाइ, जानुहुँदैन, मारिदिन्छन् ।”167

नेपाल फर्किने–नफर्किने विषयमा दिनहुँ बीपी निवासमा चर्को बहस चल्थ्यो । बहसमा बीपी, गणेशमान, शैलजालगायत नेता सहभागी हुन्थे । बीपीको सैद्धान्तिक बहसलाई मद्दत गर्ने युवाहरुमध्ये कासी विश्वविद्यालयबाट भर्खरै राजनीतिशास्त्रमा एमए गरेका चक्र बाँस्तोला पनि थिए । 

बीपीकी बुहारी (प्रकाश पत्नी) सुषमाले भनेकी छन्, “कैयौं दिनसम्म कडा बहस चल्यो । त्यस्ता बैठकमा मेरो काम चिया खुवाउने मात्र हुन्थ्यो । तर त्यहाँ भएको बहस सुन्थें । बङ्गलादेशको स्वतन्त्रता र भारतमा सिक्किम विलयको निकै चर्चा भइरहन्थ्यो । कतै हाम्रो देश पनि अरुले खोस्ने त होइन भन्ने डर उहाँहरुको छलफलमा झल्किन्थ्यो । मुलुक अरुलाई दिनुभन्दा राजासँगै मिल्नु राम्रो भन्नुभयो बाबाले । त्यसका लागि बाबाले भारत प्रवासमा रहेका सबै नेता नेपाल फर्कनुपर्छ भन्न थाल्नुभयो ।”168

यसैबीच २०३३ साल जेठमा बीपीले दिलबहादुर घर्तीमार्फत काठमाडौंमा रहेका कृष्णप्रसाद भट्टराईलाई तुरून्त बनारस आउनू भन्ने खबर पठाए । राजालाई बिनासर्त सहयोग गर्ने सुवर्णको वक्तव्यका आधारमा बीपी र गणेशमान आठ वर्ष लामो बन्दी जीवनबाट मुक्त भए । तर भट्टराईले त्यो वक्तव्य स्वीकार गरेनन् । बरू जेलमै बसे । उनी ५० हजार जनताले नारायणहिटी दरबार घेरे राजा प्रजातन्त्र दिन बाध्य हुनेछन् भन्ने कुरामा विश्वास गर्थे । गान्धीवादी भट्टराई सशस्त्र क्रान्तिको पक्षमा थिएनन् । निष्ठा र आदर्शका धनी उनी सिद्धान्तअनुरुपको जीवनशैली अपनाउने नेतामा   गनिन्छन् । 

घर्तीमार्फत बीपीको पत्र पाएपछि बनारस पुगेका भट्टराई त्यहाँ १३ दिन बसे । सशस्त्र क्रान्तिको औचित्यका विषयमा काङ्ग्रेसका सैन्य क्याम्पहरुमा तातो बहस चलाइयो । भट्टराईले बीपी र गणेशमानमाथि सरकारले राजद्रोहसम्बन्धी मुद्दा चलाएको अवस्थामा स्वदेश फर्किंदा नोक्सानी हुन सक्ने सुझाव दिए (आचार्य, २०७० : ४४) ।

सशस्त्र क्रान्ति छाडेर शान्तिपूर्ण राजनीतिक बाटोमा पार्टीलाई रुपान्तरण गर्नुको विकल्प छैन भन्ने विचार उनले राखे । बनारसमा अध्ययनरत बीपीपुत्र शशाङ्क सम्झन्छन्, “स्वदेश फर्किने विषयलाई लिएर सारनाथस्थित हाम्रो निवासमा सधैं गर्मागर्म बहस भएको देख्थें म । अन्तिम घडीसम्म पनि नेपाल फर्कनुपर्ने बीपीको विचारसँग गणेशमानजी सहमत हुनुभएको थिएन । आफूहरु प्रवासमा बसिरहँदा नेपालको अस्तित्व नै मेटिन सक्ने बीपीको विश्लेषणसँग गणेशमानको असहमति त थिएन । तर स्वदेश फर्कनु सुसाइड र प्रवासमै बस्नु स्लोपोइजनसरह हुने उनको बुझाइ थियो (गौतम, २०६० : २५८) ।”

बीपीसँगको बहसमा गणेशमान भन्ने गर्थे, “नेपाल जानु भनेको फाँसीको फन्दामा जानु हो । त्यसरी मर्नु भनेको आत्महत्या गरेसरह हुन्छ । त्यसैले त्यो निर्णय फिर्ता लिनुस् बीपी । त्यसरी जानुपर्ने हो भने मचाहिँ जान्नँ । आजसम्म तपाईंका हरेक निर्णय मैले मान्दै आएको छु, योचाहि मान्दिनँ 
(गौतम, भाग ५ः२०७१, ११) ।”

आफ्ना राजनीतिक सहयात्री गणेशमानलाई सम्झाउँदै बीपी भन्ने गर्थे, “गणेशमानजी तपाईंको भनाइअनुसार भारत प्रवासमा बसे पनि नेपाल गए पनि आखिर हामी मर्नैपर्छ । भारतमा मन्दविष खाएर मर्नुभन्दा त आफ्नै देश गएर फाँसीमा झुन्डिनु बेस । यो विदेशी भूमिमा म एक क्षण पनि टिक्न सक्दिनँ (गौतम, भाग ५, २०७१:११) ।”

“हुँदैन, बीपी जानु हुन्न, मारिदिन्छन्” भन्ने गर्थे गणेशमान । गणेशमानलाई सम्झाउँदै अन्त्यमा बीपीले भनेका थिए, “ठीक छ गणेशमानजी, म जान्छु । तपाईं यहीँ बस्नुस् । भारतमा हाम्रा ३०–४० हजार कार्यकर्ता छन् । कारणवश मलाई झुन्ड्याइयो भने तपार्इंले यहाँबाट आन्दोलनको नेतृत्व        लिनू ।”169 

अन्तिम निर्णय लिनुअघि नेपाल–भारत सीमास्थित भारतीय सहरमा कार्यकर्ता भेला गरी राय लिने निर्णय भयो । ती भेलाबारे गणेशमानले भनेका छन्, “सबै साथीहरुले जानैपर्छ भने । तैपनि कोइरालाजीले ल्याएको प्रपोजल हो । त्यसैले कोइरालाजी मात्र एक्लै जानुस् भन्दिऊँ भन्ने मैले विचार गरें र फेरि म नै भन्न थालें— कोइरालाजी मात्र जाने कि हामी दुवै जाने ? सबैले दुवै जानुपर्छ भन्न थाले । मचाहिँ त्यति इच्छुक थिइनँ (गौतम, २०६० :२५९) ।” (पत्रकार जगत नेपालको पुस्तकबाट साभार)


 

अख्तियारको हतियारले सबै विरोधी निमिट्यान्न पार्ने प्रधानमन्त्रीको खतरनाक तयारी

काठमाडौं । नेपालको सार्वजनिक खरिद इतिहासमा सबैभन्दा ठूलो आर्थिक घोटाला र प्रशासनिक अनियमितता भएको बाइडबडी खरिद काण्ड र सरकार सम्पत्ति नियोजित रुपमा

रोजाई उसको: कांग्रेस मौरी बन्न चाहन्छ कि बाँदर ?

जब मौरीहरु मिलेर काम गर्छन्, तिनीहरु टाढा टाढा पुगेर मान्छेको प्राण सञ्चार गर्ने मह तयार गर्छन्। जब उनीहरु आफैं झगडा गर्छन् त्यतिबेला आपसमै लडेर

त्रिताल समितिको प्रतिवेदन: ललिता निवास अधिग्रहण नभई कब्जा

काठमाडौ । वाईड बडी खरिदको ६ अर्ब ५९ करोड घोटालामा मुछिएका गृहसचिव प्रेमकुमार राईले नेपालको सार्वजनिक खरिद इतिहासको सबैभन्दा ठूलो आर्थिक भ्रष्टाचार

नजन्मिएको सहकारीलाई ४० लाख सरकारी सहयोग

सुर्खेतको चौकुने गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि १० असार २०७५ मा सार्वजनिक गरेको  नीति, बजेट तथा कार्यक्रम आयव्यय अनुमानको पहिलो बुँदामा