नर्भिक अस्पतालले कलेजो प्रत्यारोपण गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविष्यमा कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने भएको छ । अस्पताल व्यवस्थापनका अनुसार, नर्भिकले विगतमा स्वास्थ्य सेवामा पाएको सफलतापछि कलेजो प्रत्यारोपणको सेवा सुरु गर्न लागेको हो ।

निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालित नर्भिक हस्पिटलले नेपाली चिकित्सा फाँटका विविध विधामा अग्रणी हुने श्रेय पाएको छ । 
नर्भिक स्तरीय व्यवस्थापनका लागि आइ.एस.ओ. प्रमाणिकरण प्राप्तगर्ने देशकै पहिलो यस हस्पिटल मानिन्छ । यसले सन् २००० मै सर्वप्रथम क्याथल्याव सेवाको शुभारम्भ गरेको थियो ।   मुटु स्वचालित अवस्थामै जटिल मुटुरोग शल्यक्रिया, स्नायु शल्यक्रिया लगायतका १० औं हजार जटिल शल्यक्रियात्मक उपचार सेवामा समेत सफलता पाएको छ ।

 नर्भिकले पेट तथा कलेजोका अत्यन्तै जटिल रोगहरुको उपचार गर्दै आइरहेको छ । साथै इन्डोेस्कोपीक अल्ट्रासाउण्ड र वेलुन इन्टेरोस्कोपी जस्ता प्रविधिमा अग्रणी यस केन्द्रले इण्डोस्कोपी, कोलोनोस्कोपी तथा पोलीपेक्टोमी इण्डोस्कोपिक अल्ट्रासाउण्ड, इ.आर.सी.पी. इन्टेरेस्कोपी, वेलुन डायलाटेसन जस्ता प्रक्रियाहरु गरी ७५ हजार भन्दा बढी सफल प्रक्रियाहरु गरिसकेको छ भने आर्गन ल्पाज्मा कोगुलेसन जस्ता प्रविधि तत्कालै भित्रिने तयारीमा रहेको थाहा भएको छ ।

डि. डी. सी. को विस्तारीत विशिष्ट चिकित्सा सेवा अन्तर्गत बरिष्ठ चिकित्सक तथा पेटरोग विशेषज्ञ डा. मधु घिमिरेको नेतृत्वमा आरम्भ गरिने उपर्युक्त सेवा सञ्चालनमा डि.डी.सी प्रमुख डा. सन्दीपराज कुँवर लगायतका पेटरोग विशेषज्ञहरु पनि संलग्न रहने पनि अस्पतालले जनाएको छ ।

 
  
 

थालेसिमियाका बिरामीलाई सहयोग

चितवन, ७ साउन ।  भरतपुर अस्पतालमा उपचारार्थ थालेसिमियाका बिरामीलाई बेल्जियमस्थित चितवन सहायता कोष (क्याट)ले आर्थिक सहयोग गरेको छ । यसअघि नियमित

  तपाईं कति सुन्दर हुनुहुन्छ ? थाहा पाउने यस्तो छ उपाय

सौन्दर्य के हो ? कस्तालाई सुन्दर भन्ने ? झलक्क हेर्दा देखिने आकर्षण नै सुन्दरता हो त ? कि अरु पनि केही छ जसका आधारमा मानिसलाई सुन्दर भन्न सकिन्छ ? यो

 झापामा भेटिए कालाजारको नयाँ रोगी 

झापा । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।  वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको

 दाँच चम्काउन के लाउने, के हो दम रोगको सजिलो उपचार ?

काठमाडौं । मानिसको शरीरमा कुनै न कुनै शारीरिक समस्या त हुन्छ नै । कुनै साधारण समस्या हुन्छन् भने कुनै निकै जटिल । अवस्था अनुसार यिनिहरुको विभिन्न