काठमाडौंमै उपचार नपाएर सुत्केरी आमा र शिशुको मृत्यु

काठमाठौं, ११ पुस । समयमै उपचार नपाएर काठमाडौंमै सुत्केरी आमा र शिशुको मृत्यु भएको छ ।

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शंकारापुर अस्पतालमा सुत्केरी आमा र शिशुको मृत्यु भएको हो ।

मंगलबार मूलपानीमा बसोवास गर्ने प्रभा ढुंगाना सुत्केरी गराउन शंखरापुर अस्पताल पुगेकी थिइन् । शिशुको जन्म भएपछि शंकरापुर अस्पतालले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको थियो । उनको बाटोमै मृत्यु भएको हो ।

सुत्केरी गराउने क्रममा चिकित्सकको लापरवाही र असावधानीका कारण आमा र शिशुको मृत्यु भएको परिवारजनको आरोप छ । शिक्षण अस्पताल महाराजगञ्ज पुग्नेबित्तिकै अस्पतालले मृत घोषणा गरेको आफन्तले बताए । उनीहरु अस्पताल विरोध जनाइरहेका छन् ।

अस्पतालले आमा र शिशुको मृत्युपछि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाएको थियो । शंखरापुर अस्पतालमा मृत्यु भएपछि आफू पन्छिनको लागि अस्पतालले शिक्षण अस्पताल पठाएको स्थानीयवासी र आफन्तजनको आरोप छ ।

अहिले पीडित र अस्पताल व्यवस्थापनबीच छलफल भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

चिकित्सक भन्छन् : \"खाना खानेबित्तिकै यी काम गरे स्वास्थ्यमा खतरा\"

     आम मानिस खाना खानुलाई खाने काम सक्नु हो जस्तो मात्र ठान्छन् । अरु बेला आआफ्ना पेशा व्यवसाय अनुसारका व्यस्तता सबैका हुन्छन् तर खानेबेलामा सबै

काँक्रो खानुको १० फाइदाहरु यस्ता छन्

एजेन्सी । जाडो मौसमको अन्त्यसँगै नेपालमा बिस्तारै वातावरण न्यानो हुँदै गर्मी हुने अवस्थामा रहेको छ । यस्तोमा गर्मी मौसम सुहाउँदो काँक्रोको लागि

यी हुन् सुगर बढाउने तरकारीहरु

एजेन्सी । व्यस्त जिवनशैली र अव्यवस्थित खानपानको कारण मधुमेह अर्थात् सुगर रोगको प्रकोप ह्वात्तै बढेको छ । पहिला ५० वर्षको उमेरपछि मात्र देखिने यो रोग

आत्महत्या गर्न तयार एक युवा यसरी फर्किए

यसअघि हामीले विभिन्न मानसिक रोगका सामान्य जानकारी तथा तिनीहरुको कारण र किसिमको चर्चा ग¥यौं । यो भागमा हामी अति नै प्रचलित र फरक–फरक रूपमा देखिने