यस्तो छ धर्म र अध्यात्मको भिन्नता 

अध्यात्म के हो र धर्म के हो ? अध्यात्म र धर्म दुईटा शब्दहरु प्रयोग हुन्छन् । अध्यात्म र धर्ममा के भिन्नता छ ? प्रश्न आएको छ ।  अध्यात्म र धर्ममा धेरै ठूलो भिन्नता छ । धर्म जन्मिँदै आउँछ, जन्मियो कि हामी कुनै धर्मको भइहाल्छांै । हिन्दूको गर्भबाट जन्मियौँ भने हिन्दू बन्छौं । मुसलमानको गर्भबाट जन्मियौं भने मुसलमान बन्छौं, बौद्धिष्टको गर्भबाट जन्मियौं भने बौद्धिष्ट बन्छौं । जहाँबाट जन्मियो त्यो भई नै हाल्यो । धार्मिक हुनको लागि केही गर्नै पर्दैन । हिन्दूको पेटबाट जन्मिएको छ, यो को हो भन्दा त्यो हिन्दू हो, नाम आई नै हाल्यो । जो जन्मदै प्राप्त भयो त्यो धर्म हो । धार्मिक हुनको लागि केही गर्नै पर्दैन, एउटा सम्प्रदायमा जन्मियो त्यो त्यही नै सम्प्रदायको भई नै हाल्यो । कोही हिन्दू छ, म हिन्दूको देवी देवतालाई मान्छु भने पनि हिन्दू, मान्दै मान्दिनँ मलाई धर्म मतलब नै छैन भने पनि हिन्दू, ऊ त जन्मेर हिन्दू भएको हो नि, काम गरेर हिन्दू भएको होइन, कर्म गरेर हिन्दू भएको होइन । जन्मँदै हिन्दू भएको मानिस धर्म गरे पनि हिन्दू, नगरे पनि हिन्दू, जन्मेर हिन्दू भएको हो ।

धर्म भनेको मान्यता हो, धारणा हो । धारणालाई धर्म भनिन्छ । म यो धर्मको हुँ भन्ने, यो देवता मेरो हो भन्ने धारणा ग¥याँै, त्यही देवताअनुसारको हामी धार्मिक भयौँ । धर्म धारणा हो, अध्यात्म अनुभव हो । अध्यात्म जन्मजात आउँदैन । आध्यात्मिक हुनलाई श्रम गर्नुपर्छ । साधना गर्नुपर्छ किनभने यो अनुभूति, अनुभव हो नि । अनुभव लिनको लागि प्रयास गर्नुपर्छ, त्यत्तिकै अनुभव आउँदैन । साधना नगरिकन, प्रयोग नगरिकन कुनै मानिस आध्यात्मिक हुनै सक्दैन । प्रयोगबाट जुन परिणम आउँछ, परिणामबाट जुन अनुभूति आउँछ, यो अनुभव अध्यात्म हो । अध्यात्मले सहअस्तित्वलाई मान्छ । तिमी छौ त्यसकारण म पनि छु । तिमी नभए म हुन्न थिएँ भन्छ । एक–अर्कोसँग हामी सबै जोडिएका छौं । ऊ छ

त्यसकारण म पनि छु । अनुमान गरौँ न, यो पृथिवीमा कुनै मानिस हँुदैनथ्यो र म एक्लै हुन्थेँ भने कति दिन जीवित हुन्थेँ होला । यी मानिसहरु छन् त्यसकारण म जिउँदो छु । यो पृथिवीमा जनावरहरु हँुदैनथे भने म कति दिन जिउँदो रहन्थँे होला । यी जनावरहरुको सहयोगको कारणले म यहाँ जिउँदो छु । यो पृथिवीमा वनस्पतिहरु हँुदैनथे भने म कति दिन जीवित हुन्थेँ होला । यी वनस्पति छन्, त्यसकारण म जीवित छु । तिमी छौँ म छु, म छु तिमी छौँ । यो सहअस्तित्वलाई स्वीकार गर्नु अध्यात्म हो । सबैप्रति प्रेमभाव, करुणाभाव राख्नु अध्यात्म हो । यो अरुलाई दया गरेर, अरुको लागि प्रेम गरेको होइन । तिमी नभए म बाँच्दिन नि त, त्यसैले तिमीलाई माया गरेर मैले आपूmलाई बचाएको, मैले जनावरहरुलाई माया गरेको होइन । जनावर नभए म बाँच्दिनँ नि त, मेरै स्वार्थको लागि जनावरलाई बचाएको, वनस्पति नभए म बाँच्दिनँ, त्यसकारण वनस्पतिको संरक्षण गरेको हो । यो भावले आफ्नो अहंकारलाई घटाउँछ । मैले अरुका लागि गरँे भन्ने भावले अहंकार बढाउँछ ।

अब आफ्नो लागि गरेकोमा पनि अहंकार आउँछ र ? भोक लागेको थियो, मजासँग खाना खाइयो, मैले खाना खाएँ भन्ने पनि अहंकार हुन्छ र ? सबैजना नभए म बाँच्दिनँ थिएँ । त्यसैले सबैको भलाइको काम मैले गरेको, आफूलाई बचाएको हो । यो भावले अहंकार घटाउँछ र अहंकार घटाउनु अध्यात्म हो । अध्यात्ममा विश्वास, धारणा, मान्यता यस्ता शब्दहरुको ठाउँ नै छैन । अध्यात्म त विज्ञान हो, प्रयोग हो, प्रयोगबाट जस्तो अनुभूति हुन्छ, यो अनुभूतिलाई अध्यात्म भनिन्छ । यो प्रामाणिक हुन्छ । होला अरुलाई प्रमाण दिन नसकियोस्, आफ्नो लागि प्रमाणित हुन्छु । मैले भोगेर आएँ, जानेर आएँ, मैले थाहा पाएँ ।

तर अध्यात्मको कठिनाई मैले थाहा पाएको कुुरा अरुलाई देखाउन सक्दिनँ । जे भोगेँ मैले भोगँे, जतिसुकै नजिकको मानिस होस्, बाँड्न सकिन्न, अध्यात्म स्वाद हो, जसले खायो उसैले थाहा पायो । त्यस्तै स्वाद जान्नको लागि अर्काेले पनि खानुपर्छ, सम्झाएर स्वाद सम्झाउन सकिन्न । यो स्वाद हो अध्यात्म, त्यसैले फरक त छ नि । त्यसैले फरक शब्द प्रयोग गरिएको छ । धर्ममा कट्टरता हुन्छ । मेरो धर्म ठूलो, अरु सबैको धर्म सानो, अरु धर्मका मानिसलाई दानव ठान्ने र आफ्नो धर्मका मानिसलाई देवता ठान्ने । यो अवस्था धर्ममा हुनसक्छ र आज यस्तै छ । 

विश्वमा धर्मको कारणले जति मानिसहरुले दुःख पाएका छन् । धर्म र राजनीतिबाट जति मानिस पीडित छन्, त्यति त प्राकृतिक प्रकोपबाट पीडित छैनन् । सबैभन्दा बढी मानिसलाई दुःख धर्म र राजनीतिले दिएको छ । किनभने यहाँ अहंकार छ । मेरो ठूलो भन्ने भाव छ । मै ठूलो, मेरो सम्प्रदाय ठूलो, मेरो धर्म ठूलो, मेरो गुरु ठूलो, मेरो भगवान् ठूलो भन्ने अहंकार छ र यो धर्ममा हुनसक्छ । अध्यात्ममा हुँदैन । अध्यात्ममा अनुभव रहन्छ, अनुभूति रहन्छ । जहाँ अनुभव, अनुभूति छ । आफ्नो मनमा, आप्mनो विचारमा, आफ्नो भावभित्र जसले सत्यलाई खोज्यो, यसबाट दया, प्रेम, करुणा, सद्भाव, सेवा प्रकट हुन्छ र यही केही आध्यात्मिक व्यक्तिहरुको कारणले संसार सुन्दर छ । हैन भने संसार कुरुप भइसक्थ्यो र यस्ता अध्यात्मिक व्यक्तिहरु यत्रतत्र छन् । आध्यात्मिक व्यक्तिबाट यो पृथिवी खाली हँुदैन ।

एक–अर्कामा मारकाट गरेर सकिन्थ्यो होला । मानिसहरु सकिन्थे होला । आध्यात्मिक व्याक्तिहरुको कारणले बचेको छु । आध्यात्मिक मानिसहरुले सम्प्रदाय सिकाउँदैनन्, धर्म सिकाउँदैनन् । आध्यात्मिक व्यक्तिहरुले प्रेम सिकाउँछन्, सद्भाव सिकाउँछन्, सेवा सिकाउँछन् । कुन धर्ममा छ आध्यात्मिक मानिसलाई सरोकारै छैन । कुन गुरुलाई, कुन भगवान्लाई मान्छस्, मतलबै छैन । आफूतिर फर्कियो कि फर्किएन, यो सोच्छ । तँलाई दुनियाँको ज्ञान छ कि छैन, सोध्दैनन् । आफ्नो विषयमा ज्ञान छ कि छैन, त्योचाहिँ सोध्छन् । संसारलाई जानेको छस् कि छैनस्, कत्तिको विद्वान् छस् यो सोध्दैनन् । आफूलाई जानेको छस् कि छैनस्, योचाहिँ सोध्छन् । धार्मिक मानिसहरु सारा दुनियाँलाई सुधार्न लागेका छन् । धार्मिक मानिसहरु समाजसुधारक हुन सक्छन् । आध्यात्मिक व्यक्ति आफू स्वयंलाई सुधार्ने दिशामा लाग्छन् । अध्यात्मले आफूलाई सुधार भन्छ । धर्मले अरुलाई सुधार भन्छ । 

त्यसकारण फरक त छ । आकाश–जमिनको फरक छ र पनि नजिक छ । यत्रो फरक हँुदाहुँदै पनि अध्यात्म र धर्म असाध्यै नजिक छ । किनभने यी धर्मका प्रवर्तकहरु जसलाई भगवान् भनिन्छ, यी सबै आध्यात्मिक थिए, धार्मिक होइन । कसैले पनि धर्म सिकाएनन्, अध्यात्म सिकाए । जहाँ प्रेम छ, त्यहाँ सबै कुरा छ । प्रेम भएपछि सेवा पनि आउँछ, सहयोग पनि आउँछ, सद्भाव पनि आउँछ, सम्मान पनि आउँछ । प्रेममा सबै कुरा आउँछ । त्यसकारण पे्रमी बनाए ।

भगवान् कृष्णले यही सिकाउनुभयो । भगवान् शिवले यही सिकाउनुभयो । जति पनि धर्म सम्प्रदायका गुरुहरु छन्, भगवान्हरु छन्, उहाँहरुले सिकाएको एउटै हो । त्यो हो– प्रेम, सद्भाव, सहयोग, परोपकार, सम्मान यी–यस्ता गुणहरु सिकाए । त्यसकारणले अध्यात्मको धर्मसँग सम्बन्ध छ । किनभने जुनसुकै धर्मका भगवान् पनि अध्यात्मिक व्यक्तिको लागि पूजनीय हुन्छ र प्रेरणाको स्रोत हुन्छ । तिनै व्यक्तिहरुको कारणले अध्यात्मिक मानिसभित्र अध्यात्मको जागृति भएको छ  । त्यसैले सबैलाई उसले गुरु मान्छ, भगवान् मान्छ । जसले स्वाद लिएको छैन, धर्म के हा,े बुझेकै छैन । धर्मलाई प्रेमको विषय नबनाएर जसले धर्मलाई अहंकारको विषय बनायो, प्रतिष्ठाको विषय बनायो, यहाँबाट हामीले बुझेको अहिलेको धर्म शुरु   भयो ।

अध्यात्म भनेको प्रेम हो । धर्म भनेको प्रतिष्ठा हो, अहंकार होे । अहिले यसैगरी बुझिन्छ । त्यसैले यसबीचको भिन्नता छ र गहिरिएर गयौँ, धर्मको सारमा गयौँ भनेचाहिँ फेरि धर्म र अध्यात्ममा फेरि एउटा पनि भिन्नता छैन । पृथिवीमा भएका सबै प्रकारका धर्महरुको सारतत्वलाई लिने हो भने सबै आध्यात्मिक छ । काहीँ भिन्नता छँदै छैन, एउटै हो । तेरो धर्म र मेरो धर्म भनेर झगडा गर्नै गर्दैन । सबै धर्मको सारतत्व एउटै हो । त्यही भएर अध्यात्मले एउटै देख्छ । आध्यात्मिक मानिसले कहिल्यै पनि तेरो र मेरो भन्दैन । सबैलाई बराबर देख्छ । धार्मिक मानिसले बराबर हेर्नै सक्दैन । सहनै सक्दैन । किनभने यहाँ कट्टरता, कठोरता र अहंकार, अहम्, प्रतिष्ठा लुकेको हुन्छ । यहीरुपमा धर्म र अध्यात्मलाई बुझ्नु उपयुक्त हुन्छ । 
हामी सबैलाई पनि धर्मको मर्म, धर्मको सारलाई बुझ्ने अवसर प्राप्त होस् । हामी सबैलाई पनि धार्मिक होइन, अध्यात्मिक हुने अवसर प्राप्त होस् । (जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन विज्ञान विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनको उतार)                                                                                                                                                  
 

शंखध्वनीसहित बेलायती संसदमा गीता महोत्सव

लन्डन । बेलायती संसदमा तीन दिवसीय श्रीमद्भगवत गीता महोत्सव सुरु भएको छ ।   यस अवसरमा नेपाल सहित नौ देशका राजदूतहरुको उपस्थितिमा गीताका श्लोक

 ज्ञानको प्रकाशमा जगत

सभ्यताको विलाश गर्ने काम त मानव समाजकै हो । सभ्यताको निर्माण पनि मानव चेतनाले नै गर्छ । तर चेतनाका विषयमा जस्तो परिभाषा हामी प्रस्तुत गर्ने गर्छौँ;

ग्रहसँग खेलबाड नगरौं, सर्वनाश हुनसक्छ !

  ग्रह दशाहरु भनेको के हो ? ग्रहहरुको प्रभावहरु हुन्छ कि हुँदैन ? अस्तित्वमा जे–जे छ, त्यसको प्रभाव हुनु त स्वाभाविक हो । यदि यो सौर्यमण्डलमा ग्रहहरु

साउनकाे पहिलाे साेमबारः देवघाटमा भक्तजनको भीड

चितवन, ६ साउन । पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ