विवाह पञ्चमीका लागि निजी विमानमा आए योगी आदित्यनाथ

जनकपुर, २६ मंसिर । विवाह पञ्चमी महोत्सवमा भाग लिन उत्तरप्रदशका मुख्यमन्त्री योगी आतिथ्यनाथ निजी विमानमा जनकपुर आएका छन् ।

उनी बुधबार बिहान जनकपुर विमानस्थ्लमा ओर्लिएका हुन् । विमानस्थ्लमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मिञ्जवसिंह पुरीले स्वागत गरेका छन् ।

मुख्यमन्त्री आदित्यनाथ विमानस्थलबाट सिधै जानकी मन्दिर गएका हुन । उनले जानकी मन्दिरमा पूजापाठ गरेका छन् । मुख्यमन्त्री आदित्यनाथले आधा घण्टा पूजापाठ गरेको जनाएको छ ।

त्यसपछि उनी प्रदेश २ का मुख्यमन्त्री राउतसँगै मुख्यमन्त्रीको कार्यालय गएका छन् । उनी दिवाभोजमा सहभागि हुने छन् ।

मुख्यमन्त्री आदित्यनाथ आज दिउसो रंगभूमि मैदानमा आयोजना हुने सीतारामको विवाह स्वयंबरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

पशुपतिनाथमा अम्बाको पनि चन्दन

काठमाडौँ, १२ चैत । पशुपतिनाथमा श्रीखण्ड बाहेक अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीको डाँठ घोटेर पनि चन्दन बनाइन्छ । यो चन्दन बिक्री समेत हुने गरेको

विश्वभर एककरोड ध्यानीले एकैसमयमा सामूहिक ध्यान गर्दै 

काठमाडौं । सामूहिक चेतना अभिवृद्धिका लागि आज बेलुकी छ बजेदेखि एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ । वैदिककालमा गुरु–चेला रम्पराबाट

भगवद्गीतामा होलीको यस्तो छ अर्थ

आज फागुपर्व । यसलाई होली पनि भनिन्छ । काठमाडौँमा फागुन ३० गते अष्टमीको दिनदेखि चिरोत्थान गरी शुभारम्भ गरिएको यस पर्वलाई फागुनशुक्ल पूर्णिमाको दिन

 आफैंभित्रको सद्गुणहरु किन चिन्दैन मानिस

मानिसको जन्म अमूल्य छ । फेरि यस्तै जन्म पाइयोस्, त्यसको कुनै ग्यारेन्टी छैन । यो मानिसको जन्म बारबार पाइँदैन । जान्ने मानिसहरु यसै भन्छन् । अब यो