कांग्रेसमा खुलाबाट २० लाख पार्टी सदस्यको बहस

काठमाडौं ।  कांग्रेसमा खुला सदस्यता दिएर पार्टीप्रति आकर्षण बढाउनुपर्ने बहस सुरु भएको छ । विधान मस्यौदामाथिको छलफलमा भाग लिँदै अधिकांश नेताहरूले खुला सदस्यताले पार्टीलाई नागरिकको पार्टी बनाउन सहयोग गर्ने विचार राखेका हुन् । दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा बनेपछि अर्को निर्वाचनसम्म उनीहरूसँग प्रतिस्पर्धी पार्टी बन्न सदस्यतालाई लचिलो बनाउनुपर्ने तर्क युवा नेताहरूको छ ।

 विधान मस्यौदा समितिमा रहेका नेता प्रदीप पौडेलले सुरुमा कांग्रेसले सदस्यतालाई खुला गर्नुपर्ने र एकथरी मात्रै सदस्यता दिनुपर्ने प्रस्ताव अघि सारेका थिए । यसअघि केन्द्रीय सदस्यहरू श्याम घिमिरे, गगन थापासहितका युवाहरूले कांग्रेसमा युवाहरूको आकर्षण बढाउन दुईथरी सदस्यताभन्दा खुला रूपमा एकथरी मात्रै सदस्यता दिनुपर्ने माग गरेका थिए ।

बिहीबारको बैठकमा प्रवक्ता विश्वप्रकाश शर्माले सदस्यता खुला रूपमा दिएर २० लाख पार्टी सदस्य पु-याउनुपर्ने माग गरे । रमेश लेखक, उमाकान्त चौधरी, धनराज गुरुङ, गुरु घिमिरे (क्रियाशील हटाउनु हुँदैन, तर सदस्यता खुला हुनुपर्छ भन्नेमा) सहितका नेता पनि खुला सदस्यकै पक्षमा छन् ।

‘कांग्रेसमा अहिले चार लाख ७० हजार ६ सय ४४ सदस्य छन्,’ प्रवक्ता शर्माले भने, ‘अब खुला रूपमा सदस्यता दिएर कांग्रेसमा २० लाख सदस्य पु-याउनुपर्छ ।’ बैठकमा डा. मीनेन्द्र रिजालले कांग्रेसलाई आमनागरिकको पार्टी बनाउन सदस्यता खुला राख्नुपर्ने तर्क गरे । अर्का नेता अर्जुननरसिंह केसीले क्रियाशील सदस्यता राखे पनि कार्यकर्ता र जनसमुदायमा आधारित पार्टी बनाउने गरी सुझाब दिए ।

कांग्रेसमा यसअघि साधारण र क्रियाशील गरी दुईथरी पार्टी सदस्य रहने प्रावधान थियो । साधारण सदस्यता लिएको दुई वर्षमा सक्रिय सदस्यता लिन पाइन्थ्यो । तर, संशोधित प्रस्तावमा ‘नेपाली कांग्रेसको सदस्य’ हुने र सदस्यता लिएको एक वर्षमा नवीकरण गर्दा क्रियाशील पाइने उल्लेख छ ।

युवासहितका नेताहरू खुला र एकथरी मात्रै सदस्यता दिनुपर्ने पक्षमा भए पनि पुराना नेताहरू पहिलेजस्तै दुई थरी नै सदस्यताको प्रावधान राख्नुपर्ने पक्षमा छन् । बैठकमा दिलबहादुर घर्ती, जीवन परियार, सुजाता परियार र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले समावेशी प्रतिनिधित्वको आधारमा पार्टीमा पदहरूको व्यवस्था गर्नुपर्ने बताएका थिए ।

कसले के भने ?
-८५ प्रतिशत निर्वाचित गर्नुपर्छ - अर्जुननरसिंह केसी
-सदस्य २० लाख पु-याउनुपर्छ - विश्वप्रकाश शर्मा
-आमनागरिकको पार्टी बनाऔँ - डा. मीनेन्द्र रिजाल
-केन्द्रीय सदस्य आजीवन जित्न नसक्ने - वीरबहादुर बलायर
-महासमितिमा हिन्दू राष्ट्रको मुद्दा - शंकर भण्डारी  ।  (नयाँपत्रिकाबाट)

 

अब दुई छोरी मात्र जन्माए १२ कक्षासम्म निःशुल्क शिक्षा

काठमाडाैं, १० असार । दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई चितवनकाे माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ । दुवै छोरीलाई

इंग्ल्यान्डले अस्ट्रेलियाको चुनौती झेल्नुपर्ने

लन्डन, १० असार । इंग्ल्यान्ड माथिल्लो दर्जाका टिमलाई हराउन असफल खेलाडीको समूह हो त ? विश्वकपमा अस्ट्रेलियाविरुद्धको महत्त्वपूर्ण खेलअघि कप्तान इयान

विश्वकप क्रिकेटः तीन मुख्य प्रतिस्पर्धा

लण्डन, १० अुसार । विश्वकपकाे बहुप्रतीक्षित खेलमध्ये एक इंग्ल्यान्ड र अष्ट्रेलियाले मंगलबार प्रतिष्पर्धा गर्दै छन् । आयाेजक टाेली इंग्ल्यान्डले

सुसाइड नोटः दाइ–भाउजूले हेला गरे, सर मिसले केटाहरूलाई पिट्छन्

काठमाडौं, १० असार । ११ वर्षीय समीर लुङवा ललितपुरको वाग्मती गाउँपालिका २ माल्टास्थित कालीदेवी माविमा कक्षा ५ मा पढ्थे । शनिबार राति बुबाआमा घरमा