कांग्रेसमा खुलाबाट २० लाख पार्टी सदस्यको बहस

काठमाडौं ।  कांग्रेसमा खुला सदस्यता दिएर पार्टीप्रति आकर्षण बढाउनुपर्ने बहस सुरु भएको छ । विधान मस्यौदामाथिको छलफलमा भाग लिँदै अधिकांश नेताहरूले खुला सदस्यताले पार्टीलाई नागरिकको पार्टी बनाउन सहयोग गर्ने विचार राखेका हुन् । दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा बनेपछि अर्को निर्वाचनसम्म उनीहरूसँग प्रतिस्पर्धी पार्टी बन्न सदस्यतालाई लचिलो बनाउनुपर्ने तर्क युवा नेताहरूको छ ।

 विधान मस्यौदा समितिमा रहेका नेता प्रदीप पौडेलले सुरुमा कांग्रेसले सदस्यतालाई खुला गर्नुपर्ने र एकथरी मात्रै सदस्यता दिनुपर्ने प्रस्ताव अघि सारेका थिए । यसअघि केन्द्रीय सदस्यहरू श्याम घिमिरे, गगन थापासहितका युवाहरूले कांग्रेसमा युवाहरूको आकर्षण बढाउन दुईथरी सदस्यताभन्दा खुला रूपमा एकथरी मात्रै सदस्यता दिनुपर्ने माग गरेका थिए ।

बिहीबारको बैठकमा प्रवक्ता विश्वप्रकाश शर्माले सदस्यता खुला रूपमा दिएर २० लाख पार्टी सदस्य पु-याउनुपर्ने माग गरे । रमेश लेखक, उमाकान्त चौधरी, धनराज गुरुङ, गुरु घिमिरे (क्रियाशील हटाउनु हुँदैन, तर सदस्यता खुला हुनुपर्छ भन्नेमा) सहितका नेता पनि खुला सदस्यकै पक्षमा छन् ।

‘कांग्रेसमा अहिले चार लाख ७० हजार ६ सय ४४ सदस्य छन्,’ प्रवक्ता शर्माले भने, ‘अब खुला रूपमा सदस्यता दिएर कांग्रेसमा २० लाख सदस्य पु-याउनुपर्छ ।’ बैठकमा डा. मीनेन्द्र रिजालले कांग्रेसलाई आमनागरिकको पार्टी बनाउन सदस्यता खुला राख्नुपर्ने तर्क गरे । अर्का नेता अर्जुननरसिंह केसीले क्रियाशील सदस्यता राखे पनि कार्यकर्ता र जनसमुदायमा आधारित पार्टी बनाउने गरी सुझाब दिए ।

कांग्रेसमा यसअघि साधारण र क्रियाशील गरी दुईथरी पार्टी सदस्य रहने प्रावधान थियो । साधारण सदस्यता लिएको दुई वर्षमा सक्रिय सदस्यता लिन पाइन्थ्यो । तर, संशोधित प्रस्तावमा ‘नेपाली कांग्रेसको सदस्य’ हुने र सदस्यता लिएको एक वर्षमा नवीकरण गर्दा क्रियाशील पाइने उल्लेख छ ।

युवासहितका नेताहरू खुला र एकथरी मात्रै सदस्यता दिनुपर्ने पक्षमा भए पनि पुराना नेताहरू पहिलेजस्तै दुई थरी नै सदस्यताको प्रावधान राख्नुपर्ने पक्षमा छन् । बैठकमा दिलबहादुर घर्ती, जीवन परियार, सुजाता परियार र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले समावेशी प्रतिनिधित्वको आधारमा पार्टीमा पदहरूको व्यवस्था गर्नुपर्ने बताएका थिए ।

कसले के भने ?
-८५ प्रतिशत निर्वाचित गर्नुपर्छ - अर्जुननरसिंह केसी
-सदस्य २० लाख पु-याउनुपर्छ - विश्वप्रकाश शर्मा
-आमनागरिकको पार्टी बनाऔँ - डा. मीनेन्द्र रिजाल
-केन्द्रीय सदस्य आजीवन जित्न नसक्ने - वीरबहादुर बलायर
-महासमितिमा हिन्दू राष्ट्रको मुद्दा - शंकर भण्डारी  ।  (नयाँपत्रिकाबाट)

 

आधा दर्जन गाडी चढ्छन् वनमन्त्री, श्रीमतीलाई छुट्टै गाडी

काठमाडौं, ७ साउन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति

‘मिसन पूरा भएको’ भन्दै रअ टोली दिल्ली उड्याे, के थियाे नेपालसँग भारतकाे मिसन ?

काठमाडौं, ७ साउन । नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त

जिम्मेवारीबाट हटाइदिन शिक्षामन्त्रीलाई अनुरोध

काठमाडौं, ७ साउन । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानो ठिमीका नियन्त्रक विष्णुप्रसाद अधिकारीले केही दिनअघि शिक्षा विज्ञान तथा

विप्लव समूहका माइलासँग भेट्टायाे प्रहरीले चार सय ‘चन्दादाता’ को सूची (सूचीसहित)

काठमाडौं, ६ साउन । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज