छडकेमा गएका कर्मचारीमाथि कुटपिट

लहान, २० मंसिर । हुकिङ गरी विद्युत् चुहावट नियन्त्रण गर्न छडकेमा सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन् ।

विद्युत् चोरी नियन्त्रण गर्न गए राति पुगेको टोलीलाई हेर्ने बित्तिकै भेला भएका स्थानीवासीले विद्युत् प्राधिकरणका सिनियर मिटर रिडर कामेश्वर कुसियैत र सहायक अरुण यादवमाथि कुटपिट गरेका हुन् ।

फूलबरीया गमहरियाको एक घरमा मिटर वाइपास गरी पहिले चुहावट गरिरहेको सूचनाको आधारमा छड्केमा पुगेको विद्युत् कर्मचारीमाथि कुटपिट गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका प्रमुख अवधेशकुमार दुवेले बताए ।

स्थानीयवासी पवितर यादव, घुरन यादव, श्याम ठाकुरलगायतको समूहले कुटपिट गरेको घाइते कर्मचारीले बताएका छन् । घाइते अरुणलाई सिरहा अस्पतालमा उपचारपछि घर फर्काइएको छ ।

सिनियर मिटर रिडर कुसियैतको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख दुवेले बताए । कुटपिट गर्नेविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ ।

राम्रो कामका लागि लिखित आदेश नपर्खन प्रधानसेनापतिको निर्देशन

दिक्तेल, ९ फागुन । प्रधानसेनापति पूर्णचन्द्र थापाले राम्रो कामका लागि लिखित आदेश नपर्खन निर्देशन दिएका छन् ।  प्रधानसेनापति थापाले भने, “गल्ती

सिकारु चालकले गाडी चलाउँदा चारजनाको ज्यान गयो 

बागलुङ, ९ फागुन । चार जनाको ज्यान जाने गरी जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार साँझ भएको जिप दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ । ध१ज ७९१ नंको

 रहेनन् साहित्यकार शिव रेग्मी 

काठमाडौं । वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको बुधबार दिउँसो ७८ वर्षको निधन भएको छ ।  विक्रम संवत् १९९८ असोज १ मा काठमाडौँमा जन्मिएका

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

पर्वत, ८ फागुन । विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार