काठमाडौंका सबै विद्यालयमा एउटै पोशाक हुने

काठमाडौँ, २० मसिर । काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ ।

महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए ।

‘विदेशका महानगरमा रहेका विद्यालयको पोशाक एउटै हुन्छ,’ उनले भने, ‘हामीले पनि एउटै प्रकारको पोशाक लगाएर महानगरका विद्यालयमा एकरुपता ल्याउन थालेका हौँ ।’

एकै पटक विद्यार्थीको पोशाक एउटै बनाउन समस्या हुने भएकाले विस्तारै महानगरभित्रका सबै विद्यालयमा तीन÷चार वर्षभित्रमा एउटै पोशाक बनाउने लक्ष्य रहेको जनाएको छ ।

विभागले यसका लागि शिक्षक, संस्थागत विद्यालय सञ्चालक र विद्यार्थीका सङ्घ सङ्गठन र अभिभावकसँग छलफल, अन्तक्र्रिया गरी पोशाक कस्तो बनाउने भन्ने निर्णय गर्ने छ ।

यसैगरी महानगरले विद्यालयको बिदामा समेत एकरुपता ल्याउनका लागि शैक्षिक क्यालेण्डर लागू गर्ने भएको छ । आगामी शैक्षिक सत्रदेखि विदेशी कूटनीतिक नियोगबाट सञ्चालन भएका विद्यालयबाहेकका सबै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन बिदा हुने गरी क्यालेण्डर ल्याउन थालिएको शिक्षा अधिकारी कोइरालाले बताए ।

महानगरको शिक्षा विभागले त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको तयारीको बहानामा अनावश्यक बिदाको समेत कटौती गर्दै स्थानीय बिदाका लागि व्यवस्था भएको पाँच दिनको प्रयोग गर्दा शिक्षा विभागको पूर्व स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने व्यवस्था गरेको छ । काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४० संस्थागत विद्यालय रहेका छन् । रासस

उपमहानगरकै विद्यालयमा छैनन् शौचालय, छात्रालाई सकस

नेपालगञ्ज, २० मंसिर । नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महीनावारीको समयमा विद्यालय

  नेपालका विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताएका छन्

त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी

काठमाडौ., १९ मंसिर । त्रिभूवन विश्वविद्यालयको पदाधिकारी कक्षमा विद्यार्थीले तालाबन्दी गरेका छन् । सम्बन्धनको विषयलाई लिएर विद्यार्थीले ताला लगाएका

लोकप्रिय बन्दै क्यानडामा गुरुकुल पाठशाला

प्रविधिको कारण विश्व मानचित्र साँघुरिंदै गएको छ । नेपालीहरु विश्वभरी फैलिएका छन् । अध्ययन, भ्रमण, पेशा, व्यवसाय एवं विवाह तथा सम्बन्धका कारणले