निर्मलाको न्यायका लागि राष्ट्रपति कार्यालय अगाडी प्रदर्शन गर्ने युवा पक्राउ

काठमाडौं, २० मंसिर । बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको न्यायका लागि राष्ट्रपति कार्यालय अगाडी प्रदर्शन गरिएको छ ।

निर्मलाका हत्यारा कारवाही गर्न माग गर्दै आन्दोलनरत युवाले बिहीबार राष्ट्रपति कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निवास समेत रहेको शीतल निवास अगाडी प्रदर्शन गरिएको हो ।

उनीहरुले प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरुले आँखामा ‘म निर्मला’ लेखेको कागज लगाएका थिए ।

प्रदर्शन गर्ने १५ युवालाई प्रहरीले पक्राउ गरिएको छ ।

निर्मलाका लागि देशभरी प्रदर्शन जारी रहेको छ । बिहीबार महेन्द्रनगर र धनगढीमा आन्दोलनकर्मीहरुले प्रदर्शन गरेका छन् ।

 

बालगोपालेश्वर शिखर शैलीमा पुनःनिर्माण

काठमाडौँ, १ भदौ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ । गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण

हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प

  हेटौडा १ भदौ । भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण

यातायात विभागले राख्यो यात्रु ‘सहायता कक्ष’

  काठमाडौँ, १ भदौ । चालक अनुमतिपत्रसँग सम्बन्धित गुनासो दैनिक आइरहँदा यातायात व्यवस्था विभागले ‘सहायता कक्ष’को शुरु गरेको छ ।  चालक

सुनको भन्दै धातुबाट निर्मित बुद्धमूर्ति बेच्ने सार्वजनिक 

  पोखरा १ भदौँ । कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजनालाई आज सार्वजनिक गरेको छ ।  दोलखा जिल्ला भीमेश्वर