यि हुन् इपिएलका १७ विदेशी खेलाडी

काठमाडौँ, २० मंसिर । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार प्रतियोगितामा भारत, इङल्याण्ड, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्सलगायत मुलुकका गरी १७ खेलाडीले सहभागिता जनाउनेछन् । प्रत्येक टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न पाउने नियमानुसार पाँच क्लबले तीन/तीन तथा एउटा क्लबले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको चितवन टाइगर्सले पाउल स्टर्लिङ (आयरल्याण्ड), जोन सिमसोन तथा जर्ज स्कट (इङल्याण्ड)लाई क्लबमा अनुबन्ध गरेको छ ।

शरद भेषवाकरको कप्तानीको भैरहवा ग्लाडियटर्सले रायन टेन डोसच्याटे (नेदरल्याण्डस), मोहम्मद नाभिद (युएइ), रवि इन्दर सिंह (भारत) तथा पारस खड्काको कप्तानीको विराटनगर वारियर्सले बाबर हायत (हङकङ) र पाउल भान मेकेरेन (नेदरल्याण्डस)लाई क्लबमा अनुबन्ध गरेको छ ।

सोमपाल कार्मीको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ ले रोहन मुुस्तफा (युुएई) र केभिन ओ ब्रायन (आयरल्याण्ड) तथा ज्ञानेन्द्र मल्लको कप्तानीको ललितपुर प्याट्रियसले जयकिसन कोल्सावल, सन्नी पटेल र गौरव तोमर (भारत)लाई ल्याएको जनाएको छ ।

शक्ति गौचनको कस्तानीको पोखरा राइनोजले सन्नी भिमसारिया (हङकङ), काइल कोइट्जर (स्कटल्याण्ड) र पाउल कोलिन (इङल्याण्ड)लाई क्लबमा ल्याएको छ । यही मङ्सिर २२ गतेदेखि शुरु हुने उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा तथा ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिगको दुई÷दुई खेल हुने इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।

२२ मंसिरदेखि ७ पुससम्म सञ्चालन हुने प्रतियोगितामा ६ शहरका ६ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले समेत मान्यता दिएको छ ।

आन्द्रे रसेल घाइते, समस्यामा वेष्ट इन्डिज

एजेन्सी । वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल घाइते भएका छन् । घुँडाको चोटबाट ग्रसित उनी विश्वकप टोलीबाट बाहिरिएका छन् । रसेललाई

शानदार फर्ममा शकिब, कीर्तिमानको ओइरो

एजेन्सी । बंगलादेशका अलराउन्डर शकिब अल–हसनले गएराती भएको अफगानिस्तान विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अनेक कीर्तिमान कायम गर्न सफल भएका

चेन्नाइविरुद्व हारको बदला लिने दाउमा मनाङ

काठमाडौँ, ९ असार । एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको चेन्नाइसँग खेल्ने भएको छ

राष्ट्रिय बीच भलिबलको उपाधि महिलातर्फ एपिएफ र पुरुषतर्फ त्रिभुवन आर्मीलाई

कास्की, ९ असार । छैठौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा  पुरुषतर्फ नेपाली