द्रविड र पुजाराको कीर्तिमानमा संयोग


काठमाडौं । भारत र अष्ट्रेलीया विरुद्धको टेष्ट श्रृंखलामा जुझारु प्रदर्शन गरेका चेतेश्वर पुजाराले १२३ रनको बहादुरी पूर्ण इनिङ खेलेका छन् ।

उनको यस इनिङको मद्दतले उनले टेष्ट क्रिकेटमा ५ हजार रनको आँकडा पनि पुरा गरेका छन् । पुजाराको आजको किर्तिमानमा अद्भुद संयोग बनेको छ ।

भारतका पूर्व क्रिकेटर राहुल द्रविडले पनि आफ्नो टेष्ट करियरको १ सय ८ औं इनिङमा नै ५ हजार रन पुरा गरेका थिए भने पुजाराले पनि १ सय ८ औं इनिङमा नै उक्त आँकडा पार गरेका हुन् ।

यस्तो संयोग अघिल्लो २ पटक पनि भइसकेको छ ।

द्रविड र पुजारा दुबैले टेष्ट क्रिकेटमा ६७ औं इनिङमा ३ हजार रन पुरा गरेका थिए भने ८४ औं इनिङमा ४ हजार रन पुरा गरेका थिए ।
खेल्ने शैलीका कारण पनि पुजारालाई विगतमा द्रविड जत्तिकै क्षमतावान् भनिएकोमा आजको इनिङ र अहिलेको संयोगले पुजारा प्रति खेल समर्थकको मन जित्न सफल बनाउने देखिएको छ ।

पुजाराले आजको खेलमा अन्य कुनै खेलाडीले रन बनाउन नसकेको अवस्थामा शतकीय इनिङ खेल्दै संकटमा परेको आफ्नो टोलीलाई राहत दिएका छन् । आजको खेल सकिंदा भारत ९ विकेटको क्षतिमा २५० रन बनाएको छ । पुजारा नवौं विकेटको रुपमा रन आउट भएका छन् ।

 

 

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगर, ११ असार । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले

विश्वकपमा पाकिस्तानको यस्तो संयोग, उपाधि जित्ने दाबी

एजेन्सी । विश्वकप क्रिकेट २०१९ को सरगर्मी चलिरहेको छ । प्रतियोगितामा न्युजिल्याण्ड, भारत र अष्ट्रेलियाले बलियो प्रदर्शन गरिरहेका छन् । यी तीनै टोली

विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलिया

लन्डन, ११ असार । इंग्ल्यान्डमाथि ६४ रनको सहज जित हात पारेपछि अस्ट्रेलिया मंगलबार विश्वकप क्रिकेटको सेमिफाइनल पुगेको छ । सात खेलमा छैटौं जित हात

आन्द्रे रसेल घाइते, समस्यामा वेष्ट इन्डिज

एजेन्सी । वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल घाइते भएका छन् । घुँडाको चोटबाट ग्रसित उनी विश्वकप टोलीबाट बाहिरिएका छन् । रसेललाई