गुन्जिए विदेशी भूमिमा पुष्पाका गीत 

कुपिओ (फिनल्याण्ड) । गीतकार पुष्पा खनालले आफ्ना दर्जन गीत तथा कविताहरू फिनल्याण्डको कुपिओमा वाचन गरिन् ।  

खनालले पहिलो पटक त्यसमा पनि स्वदेश बाहिर अङ्गे्रजी भाषामा यसरी एकल कविता वाचन गरेकी हुन् । यस क्रममा उनले चाहेर तिमीलाई पाउन सकिन, आउँदा जाँदा बाटो परे, दाग कति राम्रो, मैले पुज्ने देव, आमा, गुलाव र म, नारी, मेरो नियति, हे विषलगायतका दर्जन बढी गीत र कविता बाचन गरेकी थिइन् । 

खनालका अहिलेसम्म २०० भन्दा बढी गीत तथा कविता छन् । एउटा पुस्तक प्रकाशन गरिसकेकी खनालको अब चाँडै अर्र्को पनि गीतको किताब निस्कन लागेको उनले बताईन् । नेपालकी उदीयमान गीतकार खनालका गीतहरुमा अञ्जु पन्त, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सरोज कोइरालालगायतका गायक गायिकाले स्वर दिएका छन् । खनालका गीत तथा कवितामा ममता, स्नेह, जागरुकताका साथै विद्यमान संसारसँगको बिद्रोह भेटिन्छ । 

उनको गीत तथा कविता वाचनमा स्थानीय सङ्गीतकार टोनी लेतो र पेते रिसेनले सङ्गीत दिएर सहयोग पुर्याएका थिए । उपस्थित फिनिस नागरिकले कविता तथा गीतले नेपालको कला, संस्कृति र समाजलाई बुझ्न निकै सहयोग गरेको बताए । 

स्थानीय माउण्ट शेर्पा रेस्टुराँमा आयोजना गरिएको कविता तथा गीत वाचन कार्यक्रममा फिनल्याण्डका स्थानीय वासिन्दा र नेपालीहरुको उल्लेख्य संख्यामा उपस्थिति थियो ।

कलाकार चन्द्रमानले तेह्र टुक्रा ढुङ्गा जोडेर बनाए मञ्जुश्रीको मूर्ति

काठमाडौं । कीर्तिपुरको चोभारमा निर्माण गरिएको मञ्जुश्रीको मूर्तिले यहाँको शोभा बढाएको छ । ढुङ्गाबाट निर्मित ३३ फिट अग्लो उक्त मूर्तिका कारण

रजनीकान्तको ‘२.०’ले एक हजार करोड कमाउने आंकलन

काठमाडैं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको ‘२.०’ फिल्मले एक हजार करोड कमाउने आंकलन गर्न थालिएको हो । यसले ११ दिनमा ६२० करोड भारतीय रुपैयाँ कमाइ

क्याट्रिनाको डान्सले गीतको टिजरनै हिट

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जिरो’को एउटा गीतको टिजर नै हिट भएको छ । त्यो शाहरुखका कारण भने होइन । अभिनेत्री

तमिलनाडुको मुख्यमन्त्री बन्दै रजनीकान्त

काठमाडौं । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तलाई मतिलनाडुको मुख्यमन्त्रीका रुपमा देख्न पाइने भएको छ । यो ‘रियल’मा भने होइन, ‘रिल’मा