‘शो अफ’ गरेका हार्दीक पाण्ड्या ट्रोलको शिकार भएपछि..


काठमाडौं । अष्ट्रेलीया विरुद्धको टेष्ट टोलीमा स्थान बनाउन चुकेका भारतीय क्रिकेटर हार्दीक पाण्ड्या अहिले ‘शो अफ’ गर्ने धुनमा ट्रोलको शिकार भएका छन् ।

फिटनेशमा ध्यान केन्द्रित गरेका पाण्ड्याले नियमित रुपमा प्रशिक्षणमा सहभागी भइरहेका छन् भने जिममा पनि उत्तिकै समय व्यतित गरिरहेका छन् । यस्तोमा जिमखानाको जोश देखाउँदै ‘फ्यानको लागि’ शेयर गरेको फोटोले उनको अपेक्षा विपरित नतिजा ल्याएको छ ।

ट्वीटरमा आफ्नो ट्याटु र सिक्स प्याक देखाएका उनलाई फ्यानहरुले चिया ल्याउने केटो र गाडी सफागर्ने केटो भन्दै उडाएका छन् । केहिले उनलाई फेसन होइन खेलमा ध्यान दिन सुझाएका छन् भने केहिले उनलाई क्रिकेट छोडेर टोले गुन्डा बन्न आग्रह गरेका छन् ।

पछिल्लो समय खेलमा राम्रो प्रदर्शन गरेर चम्केका पाण्ड्यालाई बिना कारण ‘शो अफ’ गरेकोमा फ्यानले राम्रै पाठ पढाएको पनि भनिएको छ । (एजेन्सीको सहयोगमा)
 

 

रजनीकान्तले २०१९ को लोकसभा चुनाव नलड्ने

एजेन्सी । भारतीय सुपरस्टार रजनीकान्तले सन् २०१९ को लोकसभा चुनाव नलड्ने घोषणा गरेका छन् । उक्त घोषणासँगै उनले चुनावको क्रममा प्रचार गर्न उनको

प्रियंका चोपडा गर्भवति रहेको खुलासा

एजेन्सी । दुई महिना अगाडि भव्यताका साथ बिहे गरेकी बलिउड नायिका प्रियंका चोपडा गर्भवति रहेको खबर बाहिरिएको छ । उमेरमा आफु भन्दा निकै कान्छा निक

सलमान खानको फिल्मको क्लाइमेक्सनै महँगो

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान र नायिका केटरीना कैफ फिल्म ‘भारत’ मा देखिइदैछन् । खबर अनुसार यो फिल्म सलमान खानको करियरकै सबैभन्दा ठुलो

आमा–बाबुको सम्बन्धबारे सारा अलि खानले बोलिन्

एजेन्सी । पछिल्लो समय बलिउडमा ह्वात्तै चर्चा कमाएकी नायिका सारा अलि खानले आफ्नो आमा र बुवाको सम्बन्धबारे सार्वजनिक रुपमा बोलेकी छिन् ।   नायक सैफ