उपाधिको दावेदार त्रिभूवन आर्मी फ्रेन्ड्ससँग भिड्दै

काठमाडौँ, २० मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै छन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ ।

लिगको उपाधि दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेन्ड्सविरुद्व जीत निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिने मौका छ । पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) सँग २–२ को बराबरीमा रोकिएपछि आर्मीले लगातार चार खेलमा जीत हात पारेको छ ।

आर्मी पाँच खेलबाट १३ अंकसहित तालिकाको चौथो स्थानमा छ । फ्रेन्ड्स चार अङ्कसहित तालिकाको १०औं स्थानमा छ ।

ब्रिगेड पाँच खेलबाट तीन अङ्क जोडेर १२औँ स्थानमा रहँदा मछिन्द्र दुई अङ्कका साथ तालिकाको १३औं स्थानमा छ ।

विश्वकप एशिया छनोटमा नेपालको पहिलो जीत

काठमाडौँ, ८ साउन । सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ ।  सिङ्गापुरको इण्डियन

खेलको क्रममा घाइते भएका रसियन बक्सरको मृत्यु

एजेन्सी । बक्सिङ भिडन्तमा घाइते भएका रसियन बक्सर म्याक्सिम दादशेभको उपचारको क्रममा मृत्यु भएको छ । पुर्तो रिकोका खेलाडी सुब्रियल मतियाससँग गत

ज्ञानेन्द्रको कीर्तिमानी ब्याटिङले नेपाल विजयी

काठमाडौं, ८ साउन ।  टी–२० विश्वकप एसिया छनौटको दोश्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ ।  लामो समयदेखि चल्न नसकेका ब्याटसम्यान

नेपाललाई ८४ रनको लक्ष्य

काठमाडौं, ८ साउन ।  टी–२० विश्वकप एसिया छनौटको दोश्रो खेलमा मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । वर्षाले प्रभावित खेल यसअघि ९ ओभर प्रति इनिङ