हुवाई कम्पनीको सिईओ पक्राउ

काठमाडौं । चीनको स्मार्टफोन कम्पनी हुवाईको सिईओलाई पक्राउ गरिएको छ । उनलाई क्यानाडामा पक्राउ गरेर अमेरिकालाई बुझाएको रोयटर्सले जनाएको छ ।

हुवाईको ग्लोबल सिईओ मेग वांगझूलाई १ डिसेम्बरमा क्यानाडाको वेन्कोयरबाट पक्राउ गरिएको जनाएको छ । उनलाई अमेरिकाले इराकमा लगाएको प्रतिबन्धको उलंघन गरेको आरोप लगाइएको छ ।

क्यानाडाको न्याय विभागले हुवाई ग्लोबल सिईओ वांगझुलाई पक्राउ गरिएको बुधरबामात्रै जानकारी दिएको छ । उनलाई अमेरिकालाई बुझाइएको जनाएको छ । चीनले उनलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

उनका बारेमा आज सुनुवाई हुने रोयटर्सले जनाएको छ । उनलाई धरौटीमा आज छोड्न सक्ने अनुमान गरिएको छ ।

उनी हुवाईको अध्यक्ष पनि हुन् । हुवाई कम्पनीका संस्थापक रेन झेङफईकी छोरी बांगझुलाई रिहा गर्न कम्पनीले पनि आग्रह गरेको छ । कम्पनीले भनेको छ, ‘उनले कुनै गलत गरेकी छैनन् ।’

वांगझुको पक्राउले अमेरिका र चीनको सम्बन्धमा खलल पुग्ने अनुमान गरिएको छ । केही दिन अघिमात्रै दुवै देशका राष्ट्रपतिबीच व्यापारसम्बन्धमा सहमति भएको थियो ।

 

राम्रो कामका लागि लिखित आदेश नपर्खन प्रधानसेनापतिको निर्देशन

दिक्तेल, ९ फागुन । प्रधानसेनापति पूर्णचन्द्र थापाले राम्रो कामका लागि लिखित आदेश नपर्खन निर्देशन दिएका छन् ।  प्रधानसेनापति थापाले भने, “गल्ती

सिकारु चालकले गाडी चलाउँदा चारजनाको ज्यान गयो 

बागलुङ, ९ फागुन । चार जनाको ज्यान जाने गरी जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार साँझ भएको जिप दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ । ध१ज ७९१ नंको

 रहेनन् साहित्यकार शिव रेग्मी 

काठमाडौं । वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको बुधबार दिउँसो ७८ वर्षको निधन भएको छ ।  विक्रम संवत् १९९८ असोज १ मा काठमाडौँमा जन्मिएका

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

पर्वत, ८ फागुन । विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार