उपमहानगरकै विद्यालयमा छैनन् शौचालय, छात्रालाई सकस

नेपालगञ्ज, २० मंसिर । नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महीनावारीको समयमा विद्यालय जाँदैनन् ।

विद्यालयमा छात्रामैत्री शौचालय नहुनु र सरसफाइका लागि पानी अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । चाहेर पनि विद्यालय जान नसक्ने बाध्यताका कारण उनीहरुको अध्ययन प्रभावित हुने गर्छ भने मानसिक पीडाले पनि छात्रालाई पिरोल्ने गर्दछ ।

‘विद्यालयको शौचालय अत्यन्त फोहर हुने गर्छ, प्याड फाल्ने स्थान र सरसफाइका लागि पानी अभाव हुने भएकाले महीनावारी भएका बेला चाहेर पनि विद्यालय जान सकिँदैन,’ कक्षा १० मा अध्ययनरत छात्रा श्वेता कनौजियाको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा ४३ सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राको संख्या पाँच हजार सात सय ७६ रहेको छ । यहाँका केही सामुदायिक विद्यालयमा अहिले छात्रामैत्री शौचालय निर्माण भइरहेका छन् । तर, अझै थुप्रै विद्यालयमा छात्रामैत्री शौचालय निर्माण हुनसकेको छैन ।

नेपालगञ्ज उपमहानगरपालिकाले पञ्चवर्षीय परियोजनाअन्तर्गत नगरका सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले बताए ।

विशेषतः कक्षा ६ देखि १० सम्मका छात्रालाई सेनेटरी प्याड र छात्रामैत्री शौचालय विद्यालयमा नहुँदा उनीहरुको पठनपाठन प्रभावित हुने गरेको शिक्षिका मोहिनी योगीले बताइन् ।

आउनुहोस्  बाटो छेकौं, नियम मिचौं कसैलाई नटेरौं 

हामी नेपाली अरुलाई उपदेश दिनमात्र होईन गाली गर्न पनि खप्पिस छौं । हाम्रा गाली नेता, कानून र अहिलेको अस्तव्यस्त व्यवस्थाप्रति सोझिएका हुन्छन् । नेताले

श्यामलालका दुःखः छाेराकाे हातखुट्टा चल्दैनन्, दिनभर भाेकै बस्छ

रोल्पा, ११ असार । सदरमुकाम लिवाङको शिवालय टोलमा बस्छन् ४५ वर्षीय श्यामलाल सुनार । त्यसै गाउँका रैथाने सुनार गर्भमै रहेका बेला बुबाको मृत्यु भयो ।

चौतर्फि बिरोधपछि रेशम चौधरीको खुट्टाको नेल हटाइयो

काठमाडाैं, ८ असार । प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल हटाइएको छ

 भिडियो गेम खेल्न नपाउँदा आमा बाबुको ज्यान लिने प्रयाश

काठमाडौं । भिडियो गेम खेल्ने लत लागेको व्यक्ति कतिसम्म क्रुर हुनसक्छ भन्ने उदाहरण थाईल्याण्डमा देखिएको छ । यो खेलको लत कुनै पनि दुव्र्यशनको लतभन्दा