उपमहानगरकै विद्यालयमा छैनन् शौचालय, छात्रालाई सकस

नेपालगञ्ज, २० मंसिर । नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महीनावारीको समयमा विद्यालय जाँदैनन् ।

विद्यालयमा छात्रामैत्री शौचालय नहुनु र सरसफाइका लागि पानी अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । चाहेर पनि विद्यालय जान नसक्ने बाध्यताका कारण उनीहरुको अध्ययन प्रभावित हुने गर्छ भने मानसिक पीडाले पनि छात्रालाई पिरोल्ने गर्दछ ।

‘विद्यालयको शौचालय अत्यन्त फोहर हुने गर्छ, प्याड फाल्ने स्थान र सरसफाइका लागि पानी अभाव हुने भएकाले महीनावारी भएका बेला चाहेर पनि विद्यालय जान सकिँदैन,’ कक्षा १० मा अध्ययनरत छात्रा श्वेता कनौजियाको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा ४३ सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राको संख्या पाँच हजार सात सय ७६ रहेको छ । यहाँका केही सामुदायिक विद्यालयमा अहिले छात्रामैत्री शौचालय निर्माण भइरहेका छन् । तर, अझै थुप्रै विद्यालयमा छात्रामैत्री शौचालय निर्माण हुनसकेको छैन ।

नेपालगञ्ज उपमहानगरपालिकाले पञ्चवर्षीय परियोजनाअन्तर्गत नगरका सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले बताए ।

विशेषतः कक्षा ६ देखि १० सम्मका छात्रालाई सेनेटरी प्याड र छात्रामैत्री शौचालय विद्यालयमा नहुँदा उनीहरुको पठनपाठन प्रभावित हुने गरेको शिक्षिका मोहिनी योगीले बताइन् ।

एसइईकाे नतिजा आज दिउँसो

भक्तपुर, १२ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी  माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा अन्तिम चरणमा पुगेको छ । २०७५ चैत १० गतेदेखि

राजनीति नगर्ने घोषणा गर्दै एकीकरण भए तीन सङ्गठन

भद्रपुर, ११ असार । कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ

भारतको धौलिगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह

बैतडी, ११ असार । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको  छ । एनएचपिसी लिमिटेड,

अवैध सट्टेबाज चितवनबाट पक्राउ

  चितवन, ११ असार । विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर