उपमहानगरकै विद्यालयमा छैनन् शौचालय, छात्रालाई सकस

नेपालगञ्ज, २० मंसिर । नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महीनावारीको समयमा विद्यालय जाँदैनन् ।

विद्यालयमा छात्रामैत्री शौचालय नहुनु र सरसफाइका लागि पानी अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । चाहेर पनि विद्यालय जान नसक्ने बाध्यताका कारण उनीहरुको अध्ययन प्रभावित हुने गर्छ भने मानसिक पीडाले पनि छात्रालाई पिरोल्ने गर्दछ ।

‘विद्यालयको शौचालय अत्यन्त फोहर हुने गर्छ, प्याड फाल्ने स्थान र सरसफाइका लागि पानी अभाव हुने भएकाले महीनावारी भएका बेला चाहेर पनि विद्यालय जान सकिँदैन,’ कक्षा १० मा अध्ययनरत छात्रा श्वेता कनौजियाको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा ४३ सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राको संख्या पाँच हजार सात सय ७६ रहेको छ । यहाँका केही सामुदायिक विद्यालयमा अहिले छात्रामैत्री शौचालय निर्माण भइरहेका छन् । तर, अझै थुप्रै विद्यालयमा छात्रामैत्री शौचालय निर्माण हुनसकेको छैन ।

नेपालगञ्ज उपमहानगरपालिकाले पञ्चवर्षीय परियोजनाअन्तर्गत नगरका सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले बताए ।

विशेषतः कक्षा ६ देखि १० सम्मका छात्रालाई सेनेटरी प्याड र छात्रामैत्री शौचालय विद्यालयमा नहुँदा उनीहरुको पठनपाठन प्रभावित हुने गरेको शिक्षिका मोहिनी योगीले बताइन् ।

आज र भोलि देशभर पानी पर्ने सम्भावना

काठमाडौं, ८ साउन । बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून

पुष्पलाल कम्युनिष्ट आन्दोलनका मार्गदर्शक

दमौली, ७ साउन ।  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल कम्युनिष्ट

वडा कार्यालय जोखिममा

रुकुमपूर्व, ७ साउन ।  सिस्ने गाउँपालिका–७ को वडा कार्यालय पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट आएको पहिरोले सिस्नेरीमा रहेको वडा कार्यालयको एक

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

पोखरा, ७ साउन । गृहकार्य नगरेको आरोपमा  विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा